यातायात विभागले गरेको परिक्षणमा सफल भयो ‘गुड क्याट’

काठमाडौं । ग्रेट वाल मोटर नेपालले ल्याएको इलेक्ट्रीक कार ओरा गुड क्याटको रोड टेस्ट पुरा भएको छ । यातायात व्यवस्था विभागको भेहिकल फिटनेश सेन्टरले गरेको परिक्षणमा गुड क्याट सफल भएको हो ।

गुड क्याटलाई यातायात व्यवस्था विभागसँगै अन्य विभिन्न एजेन्सीहरुले चलाएर परिक्षण गरिसकेका छन् । यो प्रिमियम ह्याचव्याकले उकालो ओरालो सबै किसिमको बाटोमा उत्कृष्ट प्रदर्शनी गरेको कम्पनीले जनाएको छ ।

ओरा गुड क्याट क्लासिक लुक्समा तयार भएको गाडी हो । रेट्रो फ्युचरिस्टिक डिजाइन र स्मार्ट ड्राइभिङ प्रविधि यसको मुख्य आकर्षण रहेको कम्पनीले जनाएको छ ।

विश्व बजारमा निकै सफल मानिएको ओरा गुड क्याट थाइलयाण्डमा एकै दिन ६ हजार यूनिट बुकिङ भएको दावी कम्पनीले गरेको छ । साथै, कम्पनीले सन् २०२२ मै थप दुई नयाँ इलेक्ट्रीक मोडल सार्वजनिक गर्ने जनाएको छ ।


Back_to_top