हुन्डार्इले ल्यायाे हुन्डार्इ परिवार योजना

काठमाडाैं, ६ श्रावण ।  नेपालको लागि हुन्डार्इ गाडिको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फरवरी २००९ देखि हुन्डार्इ गाडिको आयात, बिक्रि तथा बिक्रि पछिको सम्पुर्ण सेवाहरु उत्कृष्ट रुपमा प्रदान गर्दै आएको छ ।

हुन्डार्इको उत्कृष्ट सेवाको निरन्तर यात्रामा, देशको चार पाङग्रे गाडिको विधामा उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ । हुन्डार्इका अनुभवी तथा दक्ष टिमहरु, ग्राहकहरुको आवश्यक्त्ता पुरा गर्न हरपल तयार रहेका छन् ।

हुन्डार्इको निरन्तर यात्रामा साथ दिदै आइराख्नु भएका ग्राहकहरुको जीवनमा थप खुशी पूर्याउनको लागि हुन्डार्इले ग्राहकहरुको जीवनसँग जोडिएको विभिन्न सेक्टरहरुको कम्पनीसँग सम्झौता कायम गरेको छ । यो सम्झौताबाट हुन्डार्इ परिवारको ग्राहकहरुले विभिन्न आउटलेटहरुबाट धेरै किसिमको फाइदा तथा छुटहरुको लाभ लिन सक्नेछन् । हुन्डार्इ परिवारको ग्राहकहरुले आफनो हुन्डार्इ परिवार प्रिभिलेज कार्डको प्रयोग गरी यी फाइदाहरुको लाभ लिन सक्नेछन् ।

यो योजनाबाट हुन्डार्इ परिवार ग्राहकहरुको जीवनमा संलग्न हुन पाउदा अत्यन्तै खुशी छन् । जसले गर्दा हुन्डार्इ परिवार ग्राहकहरुको जीवनमा थप खुशी पूर्याउनको लागि तत्पर रहेका छन् ।


Back_to_top