यामाहाले कुन मोटरसाइकलमा कति बढायो मूल्य (सूचीसहित)

काठमाडौं । यामाहा मोटरसाइकलको लागि आधिकारीक बिक्रेता मोरङ अटो वर्कसले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । 

नयाँ मूल्यसूची अनुसार यामाहाको सबैभन्दा बढी विक्री हुने यामाहा एफजेडएस–एफआई १५० सीसीको मूल्य ९ हजार रुपैयाँले बढाएको छ । यसअघि २ लाख ६५ हजार ९०० मा बिक्री वितरण भइरहेको यो मोडलको मूल्य अब २ लाख ७४ हजार ९०० भएको छ । 

त्यसैगरी एफजेडएस–एसईको मूल्य २ लाख ६९ हजार ९०० बाट ९ हजारले वृद्धि गरी २ लाख ७८ हजार ९०० बनाइएको छ । कम्पनीले १५० सीसी क्षमताका मोटरसाइकलमा ९ हजारले मूल्य बढाएको छ ।

त्यसैगरी कम्पनीले कम्पनीले १२५ सीसीसम्मका मोटरसाइकल र स्कुटरमा ७ हजार रुपैयाँले मूल्य बढाएको छ । 

कम्पनीले सबैभन्दा बढी आर थ्री मोडलमा मूल्य बढाएको छ । ३२१ सीसी षमताको यो बाइकमा सरकारले बजेट मार्फत अन्तःशुल्क र सडक दस्तुरमा कर बढाएकाले यसको मूल्य धेरै बढेको हो ।

यसअघि ८ लाख ९५ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको यो बाइकको मूल्य अब ९ लाख २४ हजार ९०० रुपैयाँ भएको छ । यसमा कम्पनीले २९ हजारले मूल्य बढाएको छ । 

यस्तो छ कम्पनीले यामाहा मोटरसाइकल र स्कुटरमा साउनदेखि लागु गरेको मूल्यसूची ।

SN

Model

cc

MRP (NRs)

1

Ray Z

113

  
184,900.00

2

Ray ZR Drum

113

  
195,900.00

3

Ray ZR Disc

113

  
203,900.00

4

Fascino

113

  
201,900.00

5

Saluto Drum

125

  
187,900.00

6

Saluto Disc

125

  
192,900.00

7

SZ RR

150

  
224,900.00

8

SZ RR Special Edition

150

  
226,900.00

9

FZS FI

150

  
274,900.00

10

FZS FI Special Edition

150

  
278,900.00

11

FZ16 FI

150

  
264,900.00

12

FZS FI DD

150

  
285,900.00

13

FZ 25

250

  
389,900.00

14

R 15 S

150

  
360,900.00

15

Fazer 25

250

  
414,900.00

16

R 3

321

  
924,900.00


Back_to_top