नुवाकोटका स्थानीयले सडकमा सवारीसाधन चलाउन नसकेपछि यसरी गरे रोपाई

काठमाडौं । नुवाकोट शिबपुरी गाउँपालीका ५, महाकाली शेराबगरका स्थानीय वासिन्दाले सवारीसाधन चलाउन लायक नभएपछि सडकमा धुमधामसँग धान रोपाई गरेका छन् । 

सडक नजिकै एउटा मिनिट्रक राखिएको छ । गोरु नारेर जोत्ने काम भइरहेको छ भने, केटा मान्छे आलिलगाउने र वाउसे गर्ने काममा ब्यस्त रहेका छन् । 

महिलाहरु रोपारको रुपमा सडकमा धान रोपिरहेका छन् । 

सडकको ट्रयाक खन्ने र पछि त्यसमा सवारीसाधन संचालनको लागि लायक बनाउन कुनै काम गर्ने परिपाटीले मानिसहरुले सडकमा रोपाई गर्ने गरेका घटना देशैभर हुने गरेको छ । यो एउटा सिम्बोलिक बिरोध भएको सथानीयहरुले बताउने गरेका छन् ।    

तस्विरः हरि भेटुवाल


Back_to_top