काठमाडौं । मारुति सुजुकी इंडिया लिमिटेड (एमएसआईएल) ले ’सुजुकी कनेक्ट’ नामक प्रविधि सार्वजनिक गरेको छ ।
सुरुमा प्रिमियम कस्टुमरलाई सेवा दिइरहेको ‘नेक्जा शोरुम’का ग्राहकहरुले यसको फाइदा लिन सक्ने छन् । यस सुजुकी कनेक्टमा एडभान्स टेलीमैटिक्सद्धारा आपातकालीन अलर्ट, प्रत्यक्ष गाडीको स्थिति, निवारक मर्मतको कल, ड्राइभिङ्ग व्यवहार विश्लेषण, ड्राइभिङ्ग विश्लेषण रिपोर्ट, कार सहायता र गाडी ट्रयाकिङ्गको काम यस एपले गर्ने छ ।
सुजुकी कनेक्ट भारतमा विकास र परिक्षण गरिएको थियो । जसले बिना अवरोध कनेक्ट कारको अनुभव दिन्छ । साथै अध्ययन अनुसार यसले कार खरिदकर्ताहरुले भोग्ने चुनौतीहरुलाई समाधानको बाटोमा लैजान्छ ।
यो प्रविधि अप्सनको रुपमा उपलब्ध हुनेछ भने नेक्जा आउटलेटहरुमा इन्स्टल गर्ने सुविधा रहेको छ । यसलाई नेक्जा एप्लिकेसनको माध्यमबाट स्मार्टफोनद्धारा कनेक्ट गर्न सकिनेछ ।
हाल नेक्जाकाे प्रयोग गरिरहेका र नयाँ नेक्जाका ग्राहकहरु जसले आईओएस र एन्ड्रोयड प्लेटफर्मका स्मार्टफोन प्रयोग गर्छन्, उनीहरुले तीन वर्षका लागि भारु ९,९९९ मा खरिद गरेर कनेक्टको अनुभव लिन सक्ने छन् ।
यस्तो छ सुजुकी कनेक्टले दिने सुविधाहरु
आकस्मिक अवस्थामा एयरब्यागहरु जहाँ राखिएको छ, त्यसमा टेलिम्याटिक्स कन्ट्रोल यूनिटले त्यसलाई स्वचालितरुपमा डिटेक्ट गर्छ र प्रयोगकर्ताको परिवार वा साथीहरुलाई पठाउँछ । यसमा गाडीको पूर्ण विबरण र जीपीएस उल्लेख हुन्छ ।
त्यस्तै यसमा रहेको भेहिकल ट्रयाकिंग फङ्सनले टो अवे अलर्ट, पार्किंग गरिएको गाडीको अवस्था, लाइभ लोकेसन सेयरिङग लगायतका सुविधा दिन्छ ।
सुजुकी कनेक्टमा भएको प्रोएक्टिभ प्रिभेन्टिभ एसिस्ट्यान्स सिस्टमले भेहिकलमा भएको प्राविधिक गडबडीको बारेमा तत्काल कस्टमर केयर यूनिट र ग्राहक दुबैलाई जानकारी दिन्छ । साथै, यसले फ्यूल फिल्टर वार्गिग लाइट, इलेक्ट्रीक पावर स्टेयरिंग लाइट, इन्जिन आयल प्रेसर लाइट लगायतको बारेमा जानकारी दिन्छ ।
यसले कारको फ्युल इकोनोमी, कम्फट एण्ड सेफ्टी र यात्राको विबरण हेरेर ग्राहकहरुको ड्राइभिङ्ग व्यवहारलाई समेत विश्लेषण गर्नेछ । यहि विश्लेषणको आधारमा आवश्यक फिडब्याक समेत यसबाट पाउन सक्ने छ ।
मारुतीको सुजुकी कनेक्टले लो फ्यूल अलर्ट, ओभर स्पीडिंग अलर्ट, लाइभ भेहिकल स्टाटस, एसी, ओडोमिटर भल्भको समेत जानकारी ग्राहकलाई दिनेछ ।
यो एपले कतिबेला तपाईँको गाडीको सर्भिस गर्नुपर्छ भन्ने स्मरण गराउनेछ ।
सुजुकीले यो निकै अध्ययन गरेर तयार पारिएको र कसैले बिगार्न नसक्ने बताएको छ । यसको लागि कम्पनीले २,८०० प्राविधिकहरुलाई तालिम दिईसकेको छ, जसले नेक्जा शोरुममा यो प्रविधि इन्स्टल गरिदिने छन् ।


