पेट्रोलियम हाइब्रिड इञ्जिन, क्रुज कन्ट्रोललगायतका अत्याधुनिक विशेषतासहित परिमार्जित भएको २०१८ मारुती सियाज अर्काे महिना सार्वजनिक हुने भएको छ । कम्पनीले हिजो २६ जुलाईबाट प्रि बुकिङ भने खुल्ला गरिसकेको छ ।
मारुती सियाज सी–सेग्मेन्ट सेडानअन्तर्गतका होन्डा सिटी र हुन्डाई भर्नासँग प्रतिस्पर्धामा उत्रने आँकलन गरिएको छ ।
मारुती सियाजमा एसएचबीएस प्राविधिक विशेषताकासाथै १.५ लिटर पेट्रोल इञ्जिन लगाइएको छ । हाइब्रिड सिस्टमअन्तर्गत पेट्रोल मोडललाई सबैभन्दा उत्कृष्ट मान्ने गरिन्छ ।
२०१८ सियाजमा नयाँ विकसित इञ्जिन लगाइएको छ । अहिलेको १.४ लिटरको इञ्जिनले ६ हजार आरपीएममा १०४.७ बीएचपी पावरका र ४ हजार आरपीएममा १८ एनएम टर्क उत्पादन गर्छ ।
५ स्पीड म्यानूअल ट्रान्समिसन तथा वैकल्पिक फोर स्पीड अटोमेटिक इञ्जिन लगाइएको छ । तर, अहिले लञ्चको समयमा ९० पीएस पावर तथा २०० एनएम टर्क उत्पादन गर्ने १.३ लिटर डिजेल इञ्जिन भने उपलब्ध हुनेछैन । भविष्यमा अपग्रेडट मोडलमा यो विशेषतालाई समेट्ने कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त नयाँ सियाजमा नयाँ ग्रिल, अतिरिक्त क्रोम ट्रिटमेन्ट, नयाँ डिजाइन, बम्परकासाथै डी–साइकल फेसलिफ्ट याडोर्नलगायतका विशेषता दिइएको छ ।

