काठमाडौं । शनिबार काभ्रेको धुलिखेलमा क्रसमान्डु नेसनल च्याम्पियनसिप सम्पन्न भएको छ । सो प्रतियोगिता नोभिस र नेशनल गरि दुर्इवटा क्याटागोरीमा संचालन भएको थियो ।
नोभिस क्याटागोरी अन्तर्गत पहिलो पटक सहभागी तथा पहिला सहभागी भएर पनि उपाधि नजितेका रेसरहरूको सहभागीता रहेको थियो भने नेशनलमा कुनै पावन्धि थिएन ।
आज भएको यस प्रतियोगीतामा नोभिस तर्फ सुशील थापा विजयी भएका छन् । त्यस्तै प्रतियोगितामा दीपेश क्षेत्री र राजकुमार कार्की क्रमस फर्स्ट रनर अप र सेकेन्ड रनरअप भएका थिए ।
विजेताहरुले २५ हजार, १५ हजार तथा १० हजार नगद पुरस्कार सिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै नेसनल तर्फको प्रतियोगिताको उपाधि आशुतोष ध्वजुले जीतेका छन् । फस्ट रनरअप सुजित ताम्राकार भए भने सेकेन्ड रनरअप सुवास कटुवाल भएका छन् ।
आजको प्रतियोगीतामा नोभिस तर्फ २९ वटा अफरोड राइडरहरुले भाग लिएका थिए भने नेसनल तर्फ १२ वटा बार्इकहरू सहभागि थिए । रेशमा २५० सीसी सम्मका डट बार्इकहरूको सहभागिता रहेको थियो ।
धुलिखेलको हिमालयन मोटरल्यान्डमा आयोजना भएको सो डट बाइक रेसिङ च्याम्पियनसिप अन्तर्राष्ट्रिय तालिमप्राप्त मार्सलहरुको सुपरिवेक्षणमा संचालन भएको हो । यस कार्यक्रमको आयोजक नेपाल मोटरसाइकल फेडरेसनले गरेको हो ।


