भारतमा ब्याट्रीमा लाग्ने जीएसटी १० प्रतिशतले घट्यो, इलेक्ट्रीक कार बन्ला सस्तो ?

भारत सरकारद्वारा स्थापित जीएसटी काउन्सिलले इलेक्ट्रीक सवारीसाधनमा प्रयोग हुने लिथिएम आयन ब्याट्रीमा लगाएको जीएसटी १० प्रतिशतले घटाएको छ ।

काउन्सिलले ब्याट्रीमा लिँदैआएको २८ प्रतिशत जीएसटीलाई कटौती गर्दै १८ प्रतिशतमा झारेको हो । तर, इलेक्ट्रीक सवारीसाधनको निर्माणकर्ता, आयात र निर्यातकर्ताले भने अनुमान गरिएकोभन्दा पनि बढी जीएसटी लागू भएको जनाएका छन् ।

जीएसटीमा आएको गिरावटसँगै इलेक्ट्रीक सवारीसाधनको मूल्यमा गिरावट आउने अनुमान गरिएको छ । हाल, भारतमा महिन्द्रा इलेक्ट्रीक्स र टाटा मोटर्स कम्पनीले ई–कार बेच्दैआएका छन् । तर, इलेक्ट्रीक टु ह्वीलर्स कम्पनीको सूची भने निक्कै लामो रहेको छ ।

टाटा टियागो इलेक्ट्रीक र महिन्द्रा इभेरियटोले पनि ई–कार बेच्दैआएका छन् । लिथिएम आयन ब्याट्रीमा लगाइएको जीएसटीले इलेक्ट्रीक सवारीसाधनको मूल्यमात्र नभई स्टार्ट अप तथा म्यानूफ्याक्चर्सलाई ब्याट्री प्याक निर्माणको लागि साहस दिएको छ ।

ब्याट्री निर्माताले इम्पोर्ट ब्याट्रीको मात्रा घटाएसँगै इलेक्ट्रीक सवारीसाधनको मूल्य घट्नेछ भने इलेक्ट्रीक मोभिलिटी बढ्ने सम्भावना देखिएको छ । भारतमा ई–भेइकल निर्माण कम्पनीले स्वदेशमा नै निर्माण भएका ब्याट्रीको प्रयोग गरिहेका छन् । इलेक्ट्रीक ब्याट्रीको मूल्य प्रतिकिलोको रुपमा निर्धारण गर्ने गरिन्छ ।

सन् २२०१ मा प्रतिकिलो १००० डलर मूल्य रहेको यस्ता ब्याट्रीको मूल्य २०१८ मा २२५ देखि २८० डलरसम्म झरेको छ । सन् २०२६ मा ब्याट्रीको मूल्यमा भारी गीरावट आएर प्रतिकेजी १०० डलर निर्धारण हुने अनुमान गरिएको छ । यसले इलेक्ट्रीक सवारीसाधन निकै सस्तो हुने अनुमान गरिएको छ ।


Back_to_top