मूल्य बढ्दा पनि ३ लाखमा एबीएस भएको मोटरसाइकल

काठमाडौं । एबीएस भएको सबैभन्दा सस्तो मोटरसाइकलको मूल्य वृद्धि भएको छ । हिरो हंक १५० आरको मूल्य २० हजार रुपैयाँले वृद्धि भएर ३ लाख १ हजार पुगेको हो ।

१५० सीसी सेग्मेन्टमा एबीएस फिचर भएको हिरो हंक सबैभन्दा कम मूल्यको मोटरसाइकल थियो । यसअघि कम्पनीले २ लाख ८१ हजार रुपैयाँ मूल्य कायम गरेर हिरो हङ्क १५० आर विक्री गर्दै आएको थियो ।

हिरो हङ्क १५० आरमा १४८ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ८५०० आरपीएममा १४.१४ बीएच पावर र ६५०० आरपीएममा १२.६ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा सेमिडिजिटल कन्सोल, डबल डिस्क ब्रेक, १६ इन्च अलोय ह्वील जस्ता फिचर रहेको छ । यो मोटरसाइकलले बजाज पल्सर १५०, आरटीआर १६० टु भी, होन्डा युनिर्कन जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top