टीभीएस रेडरले पायो ‘मोटरसाइकल अफ दी इयर २०२२’ अवार्ड

काठमाडौं । टीभीएस रेडर १२५ ले मोटरसाइकल अफ दी इयर अवार्ड जितेको छ । रेडरले बाइक इन्डिया अवार्ड २०२२ जित्न सफल भएको हो ।

रेडर १२५ ले १२५ सीसी सेग्मेन्टमा वेस्ट अवार्ड जितेको हो ।

यो मोटरसाइकल धेरै युवाको रोजाईमा पर्नुको मुख्य कारण नै यसमा रहेका फिचर हुन् । टीभीएसले रेडर १२५ मा गियर इन्डिकेटर दिएको छ । प्रिमियम मोटरसाइकलमा हुने फिचर गियर इन्डिकेटर यसमा रहेको छ । कम्पनीले यसमा ५ स्पीड क्षमताको गियरबक्स दिएको छ ।

यसमा रहेको १२४सीसी इन्जिनले अधिकतम १२.९ पीएस पावर तथा ११.५ एनएम टर्क जेनेरेट गर्छ ।

सामान्यतया १२५ सीसी सेग्मेन्टका मोटरसाइकलमा डबल सस्पेन्सन पाइन्छ । तर टीभीएसले राइडर १२५को रियरमा ५ स्टेप एड्जष्टेवल मोनोशक सस्पेन्सन दिएको छ ।

कम्पनीले यसको मूल्य २ लाख ४७ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री वितरण गर्दै आएको छ ।


Back_to_top