टोयोटाको पहिलो इलेक्ट्रीक एसयूभीको मूल्य सार्वजनिक

काठमाडौं । टोयोटाले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभीको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक अमेरिकी बजारबाट नयाँ एसयूभी ‘बीजेडफोरएक्स’को मूल्य सार्वजनिक गरेको हो ।

टोयोटाले इ-टिएनजीए प्लेटर्फममा तयार गरेको नयाँ इभीको मूल्य ४२ हजार डलर र त्यसको स्वामित्व हस्तान्त्रणको लागि १ हजार २१५ डलर खर्च लाग्ने जनाएको छ ।

टोयोटाले बीजेडफोरएक्सलाई दुई भेरियन्ट र दुई ड्राइभिङ सिस्टममा ल्याएको छ । यसको अल ह्वील ड्राइभ एक्सएलई भेरियन्टको मूल्य ४४ हजार ८० डलर र लिमिटेड भेरियन्टको मूल्य ४८ हजार ७८० डलर तोकिएको छ ।

त्यसैगरी फ्रन्टह्वील ड्राइभ एक्सएलई भेरियन्टको ४२ हजार र लिमिटेड भेरियन्टको ४६ हजार ७०० डलर तोकिएको छ ।

टोयोटाले ‘बीजेडफोरएक्स’लाई मिड साइज एसयूभीको रुपमा बजारमा ल्याउने छ । यो गाडी २०२२ को हिउँदमा अमेरिकी बजारबाट विक्री सुरु हुनेछ ।

चालकको सहजताको लागि टोयोटाले ‘ड्राइभर असिस्ट टेक्नोलोजी’ पनि यसमा दिने जनाएको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्ज गर्दा ३५५ देखि ४०५ किलोमिटरसम्म रेन्ज दिने इपीएले प्रमाणित गरेको छ ।

टोयोटा ‘बीजेडफोरएक्स’को फ्रन्ट भिजीबीटी एकदमै राम्रो छ । यसको ह्वीलवेस २८५० एमएमको छ । जसको कारण यो कारमा कम्फर्टेवल फ्रन्ट सिट तथा रियरमा ६ फिटको यात्रुका लागि पनि प्रसस्त लेगरुम रहेको छ ।

यसको इन्ट्रुमेन्ट क्लष्टर फ्ल्याट ड्यासबोर्डमा हाइसिट गरेर दिइएको छ । यसले चालकलाई एकदमै सजिलो हुन्छ । यसको बीचमा स्ट्याण्डर्ड १२.३ इन्चको टचस्कृन इन्फोटेम्मेन्ट सिस्टम रहेको छ । उक्त स्कृनको मुनीपट्टी टचसेन्सेटीभ बार रहेको छ । यसको सहायताले हिटीङ, भेन्टीलेसन, एयरकन्डीसन फङ्सन कन्ट्रोल गर्न सकिन्छ ।

टोयोटाले बीजेडफोरएक्स टु ह्वील र फोर ह्वील दुबै ड्राइभ अप्सनमा रहेको छ । यसको फ्रन्ट ह्वील ड्राइभमा प्यानासोनीकको ७१.४ किलोवाट आवरको व्याट्री प्याक रहेको छ भने अलह्वील ड्राइभ भर्सनमा क्याटलको ७२.८ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यो कारको फ्रन्ट ह्वील ड्राइभको २०१ हर्सपावर रहेका छ भने अलह्विल ड्राइभको पावर २१४ हर्सपावरको रहेको छ ।

स्ट्याण्डर्ड रुपमा १८ इन्चको ह्वील रहेको यो कारको टपट्रीममा २० इन्चको अलोय ह्वील रहेको छ । सबै ट्रिममा प्यानारोमीक फिक्स्ड सनरुफ तथा जेबीएलको अडियो सिस्टम रहेको छ । यो कारको अलह्वील ड्राइभ अप्सनमा स्नो/डर्ट, डीप/स्नो मड, ग्रिप एण्ड कन्ट्रोल आदि मोड रहने छ ।

टोयोटाको नयाँ बीजेडफोरएक्सले अमेरिकी लगायत विश्वबजारमा फोर्ड मस्टाङ म्याकई, हुन्डाई आयोनीक ५, किया इभी सिक्स र फक्सवागेन आइडी ४ जस्ता मोडलसँग प्रतिस्पर्धा हुनेछ ।


Back_to_top