काठमाडौं । यामाहा एमटी १५ बीएस ६ का ग्राहकले मोटरसाइकल खरिद गर्न सक्ने भएका छन । लामो समयदेखी विक्री बन्द भएको यामाहा एमटी १५ बीएस ६ बुधबारदेखि उपलब्ध हुने भएको हो ।
माग उच्च रहेको कारण यामाहा एमटी तीन महिनादेखी उपलब्ध हुन सकेको थिएन । भारतमा यामाहा एमटी १५ को उत्पादन कम भएकका कारण नेपाल आउन समय लागेको कम्पनीले जनाएको छ ।
एमटी १५ बीएस ६ भर्सन सार्वजनिक हुने बित्तिकै सोल्ड आउट भएको मोडल हो । एमटी ३ महिनादेखि बुकिङ गरेर बसेका ग्राहकले अब बुधबारदेखि डेलिभर पाउने कम्पनीले जनाएको छ ।
एमटी १५ युवा वर्गमा चर्चित मोटरसाइकल हो । यो सेग्मेन्टमा अन्य ब्राण्डको प्रतिस्पर्धी मोडल नभएका कारण पनि यसले सफलता पाइरहेको छ । यामाहा एमटी ०९ बाट प्रभावित डिजाइनमा तयार भएको एमटी १५ निकै आकर्षक रहेको छ ।
यामाहाले एमटी १५ मा १५५ सीसी लिक्विड कुल्ड फोर भल्भ इन्जिन दिएको छ । उक्त इन्जिनले १० हजार आरपीएममा १९ बीएच पावरका साथै ८५०० आरपीएममा १४.७ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।
एमटी १५ मा अगाडि टेलिस्कोपिक फर्क लगाइएको छ भने, यामाहा आर १५ भी ३.० मा उपलब्ध आलोय ह्वीलका साथै एमआरएफ ट्युबलेस टायर दिइएको छ । साथै मोटरसाइकलमा बक्स टाइप स्विंगआर्मले एल्युनियम युनिट, डेल्टाबक्स फ्रेम, परिमार्जित न्यू बग आई एलइडी हेडल्याम्प, मस्कुलर फ्युल ट्यांक, लोअर टेल सेक्सन, फुल्ली डिजीटल इन्स्ट्रुमेन्ट क्लस्टर लगाइएको छ ।

