जीपको नयाँ एसयूभी नेपाल आउने, यस्ता छन् विशेषता

काठमाडौं । जीपले भारतमा नयाँ मेरिडियन एसयूभी सार्वजनिक गर्ने तयारी गरिरहेको छ, जुन नेपालमा पनि आउनेछ । जीप मेरिडियन जीप कम्पासको सेभेन सिटर भर्सन हो जुन मे महिनाको सुरुमै भारतीय बजारमा विक्री सुरु हुनेछ ।

जीप मेरिडियनको ग्लोबल डेब्यु दक्षिण अमेरिकामा जीप कमान्डरको नाममा भएको थियो । तथापि महिन्द्रासँग कानुनी झमेला नहोस् भनेर भारतमा जीपले कमान्डर नाम प्रयोग नगर्ने निर्णय ग¥यो ।

डिजाइनको हिसाबमा जीप मेरिडियन एसयूभी जीप कम्पासभन्दा बढी प्रिमियम देखिन्छ । यसको ‘ह्वील बेस’ कम्पासको भन्दा लामो छ ।

त्यसैगरी, मेरिडियनको ‘रियर डोर’ पनि अलि लामो छ, ताकी बीचको र अन्तिमको ‘रो’ मा बस्ने पेसेन्सर सजिलैसँग भित्र छिर्न र निस्कन सकून् ।
मेरिडियनको अगाडिको भागमा ‘एलइडी प्रोजेक्टर र इन्टिग्रेटेड एलइडी डिआरएल’सहितको आयतकारका दुई वटा हेडल्याम्प छन् । यी हेडल्याम्पहरु जीपको ‘सिग्नेचर सेभेन स्लट ग्रिल’मा जोडिएको छ ।

अगाडिको बम्पर पनि जीप कम्पासकोभन्दा फरक छ । यसको ‘सिंगल एअर ड्याम’ र ‘क्रोमबार’ ले ‘फ्रन्ट बम्पर’ लाई दुई भागमा विभाजन गरेको छ । बम्परको तल्लो भागलाई ‘ब्ल्याक फिनिस’ गरिएको छ जसले यसलाई ‘रगेड’ देखाएको छ ।

आंशिक रुपमा ‘रिभिल’ गरिएको मेरिडियनको इन्टेरियर नयाँ कम्पासको भन्दा ‘प्रिमियम’ देखिन्छ । यसमा ‘ब्राउन कलर’ को लेदर सिट र ड्यासबोर्ड छ जुन दक्षिण अमेरिकी जीप कमान्डरकै निरन्तरता हो । सेन्टर कन्सोलमा राखिएको ‘रेड गोल्ड एक्सेन्ट’ ले ‘प्रिमियम फिल’ लाई अझ बढाएको छ ।

फिचर

२०२२ जीप मेरिडयनमा ड्अल जोन क्लाइमेट कन्ट्रोल, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, एप्पल कारप्ले र एन्ड्रोइड अटोसहितको १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, ठूलो पानोरामिक सनरुफ, मल्टिकलर एम्बायन्ट लाइटिंग, स्टेरिङग माउन्टेड कन्ट्रोल, क्रुज कन्ट्रोल र अन्य धेरै फिचर छन् ।

सुरक्षा

जीप मेरिडियनमा मल्टिपल एअरब्याग, एबीएस, इबीडी, फ्रन्टर रियर पार्किङ सेन्सर, इलेक्ट्रिक पार्किङ ब्रेक, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, टायर प्रेसर मनिटरिङ जस्ता सुरक्षाका फिचर हुनेछ ।

साथै यसको टप भेरियन्टमा एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनमस इमर्जेन्सी ब्रेकिङ, लेन डिपार्चर वार्निंग जस्ता एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) रहनेछ ।

इन्जिन र गियरबक्स

जीप मेरिडियनमा २.० लिटरको टर्बोचाज्र्ड ४ सिलिन्डर डिजेल इन्जिन हुनेछ र परिस्कृत पर्फमेन्सका लागि ‘एडिस्नल’ ४८ भोल्ट ‘माइल्ड हाइब्रिड सिस्टम’ राखिएको छ । यो हाइब्रिड सिस्टमले अधिकतम २०० बीएचपी र ४०० एनएम टर्क उत्पन्न अपेक्षा छ । हाइब्रिड प्रविधि रहेको डिजेल इन्जिनलाई जीपको ‘ट्राइड एन्ड टेस्टेड’ ९ स्पीड अटोमेटिक गियरबक्ससँग जोडिएको छ ।

पक्कै पनि जीप मेरिडियन जीप कम्पासभन्दा थप प्रिमियम र बिलासी एसयूभी हुनेछ । नेपालमा आएपछि जीप मेरिडियनले टोयटाको फच्र्युनरलाई टक्कर दिने अनुमान गरिएको छ । अहिले फच्र्युनरले ‘प्रिमियम सेभेन सिटर’ बजारमा राज गरिरहेको छ ।


Back_to_top