यी परिर्वतनसहित ड्याट्सन गो प्लसको फेसलिफ्ट आउँदै, यस्तो छ मूल्य

ड्याट्सनले नयाँ रणनीतिका साथ गो प्लसको फेसलिफ्ट बजारमा ल्याउने भएको छ । कम्पनीले पहिला बजारमा रहेको गाडीको मूल्यभन्दा नयाँ ल्याउने फेसलिफ्ट भर्सनको मूल्य भने केही बढी हुने अनुमान गरिएको छ । 

मिडिया रिपोर्टको अनुसार उक्त कारको मूल्य १० लाख भारतीय रुपैयाँ हाराहारीमा रहने छ । 

डट्सन गो प्लसको फेसलिफ्टको भारतीय बजारमा परिक्षण सुरु गरेको छ । यसलाई कम्पनीले २०१९ को सुरवातमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । 

सात सिट क्षमता भएको गोे प्लस नयाँ संस्करणमा सुरक्षाको लागि दुई एयरव्याग, एबिएस् तथा भीडीसी (भेहिकल डाईनामिक कन्ट्रोल) जस्ता फिचरहरु राखिएको छ । 

जापानी कम्पनीले यसअघि नै इन्डोनेसियामा यी गाडी सार्वजनिक गरिसकेको छ ।

सातसिट क्षमताको यस नयाँ एमपीभीमा कम्पनीले वाईडर हेक्जागोनल ग्रिल, रिभाइज्ड हेडल्याम्पस्, फ्रन्ट बम्पर, एलईडी डिआरएल, स्पोर्टी डुअल स्पोक–१४, एलोयह्वील, रियर वासर, वाईपर, टर्न ईन्डिकेटर ओआरभीएम, नयाँ रियर बम्पर, फक्स एयर भेन्टजस्ता अपडेटहरु गरिने छ । 

गो प्लसको आन्तरिक संशोधन निकै राम्रो रहने छ । यसमा ६.७५ इन्चको टच स्क्रिन ईन्फोटेनमेन्ट सिस्टमको रुपमा क्रस कोजिनमा सुधार गरिएको छ ।  

इन्डोनेसियामा बिक्री भइरहेको डट्सन जिओ प्लसको सिभिटी १.२ लिटर थ्री सिलिन्डर पेट्रोल इन्जिनको दिइएको छ । उक्त इन्जिनले ५००० आरपिएममा ६८ पिएस पावर र ४००० आरपिएममा १०४ एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पिड म्यानुअल गियर बक्स दिइएको छ । 


Back_to_top