यामाहा आर १५ भी ४ नेपालमा सार्वजनिक, कति होला मूल्य

काठमाडौं । यामाहाको भृकुटीमण्डपमा जारी महा एक्सचेन्ज मेलामा ४ नयाँ मोडलका मोटरसाइकल सार्वजनिक भएको छ । कम्पनीले दुई नयाँ मोडल र दुई मोडलका अपडेटेड भर्सन भित्र्याएको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारि विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले नयाँ मोडलका एफजेड एक्स र आर १५ एम सार्वजनिक गरको छ भने रेजेड आर १२५ र आर १५को अपडेटेड भर्सन भी ४ सार्वजनिक गरेको हो ।

यामाहाको इन्ट्री लेवल स्पोर्टस मोटरसाइकल आर १५ को नयाँ भर्स भी ४ कम्पनीले भृकुटीमण्डपमा जारी मेलामा सार्वजनिक गरेको हो । यो मोटरसाइकल केहि समय पश्चात विक्री सुरु हुने कम्पनीले जनाएको छ ।
आर १५ भर्सन भी ४ मा कम्पनीले क्वीक सिफ्टर, स्लिपर क्लच, ट्रयाक्सन कन्ट्रोल, राइडिङ मोड जस्ता फिचर दिएको छ । आर १५ भी ३ को तुलनामा भर्सन ४ अझै एग्रेशिभ डिजाइनमा निर्माण भएको छ । यसको फ्रन्ट लुक नयाँ डिजाइनमा दिएको छ भने सिंगल पड हेडल्याम्पका साथै डिआरएल दिइएको छ । त्यस्तै यसको ग्राफिकमा पनि परिर्वतन गरिएको छ ।

यो मोटरसाइकलमा १५५ सीसी क्षमताको लिक्वीड कुल्ड भिभिए एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १८.३ बीएच पावर र १४.१ एनएम टर्क प्रदान गर्छ । यसका ६ स्पीड गियरबक्सको साथमा स्लीपर क्लच दिइएको छ । यो मोटरसाइकलको कुल तौल १४२ किलोग्राम रहेको छ ।

आर १५ भी ४ मा परिमार्जन गरिएको एग्जस्ट, ठूलो विन्ड स्कृन, पूर्ण डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, व्लुटुथ कनेक्टीभीटी, नयाँ ठाउँमा पुटपेग, अपडेट गरिएको बडी ग्राफिक, यूएसडी फर्क, नयाँ हेडलाइट जस्ता परिमार्जन पाउन सकिन्छ ।

केहि समय पश्चात नेपाली बजारमा विक्री सुरु हुने यो मोटरसाइकलको मूल्य ५ लाख ८० हजार रुपैयाँ हाराहारी पर्ने कम्पनीका सिइओ राजु क्षेत्रीले जनाएका बताएका छन् ।


Back_to_top