काठमाडौं । टीभीएस मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि भएको छ । कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दै मूल्यवृृद्धि भएको जनाएको हो ।
भारतीय मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी टीभीएसका लागि नेपालको आधिकारिक विक्रेता जगदम्वा मोटर्सले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
कम्पनीले जारी गरेको नयाँ मूल्यसूची अनुसार अधिकांश मोडलको मूल्य वृद्धि भएको छ । बढेको मूल्य आजैदेखि लागु हुनेछ । आज सार्वजनिक गरिएको नयाँ मूल्यसूची अनुसार मोटरसाइकलमा ९ हजार रुपैयाँसम्मले मूल्य वृद्धि भएको छ ।
कम्पनीले सबैभन्दा धेरै मूल्य वृद्धि टीभीएस रेडर १२५ मोटरसाइकलमा गरेको छ । यसको मूल्य २ लाख ४७ हजार ९०० बाट बढेर २ लाख ५६ हजार ९०० रुपैयाँ पुगेको हो ।
त्यस्तै स्कुटर तर्फ विगो एफआई र एनटर्क १२५ ड्रमको मूल्य ८÷८ हजार रुपैयाँले वृद्धि भएको हो ।
यस्तो छ नयाँ मूल्यसूची


