फ्रान्समा सबैभन्दा कम उमेरमा राष्ट्रपति भएका व्यक्ति हुन्, इमानोन मेक्रोन । उनी सन् २०१७ मा राष्ट्रपति चयन हुँदा ३९ वर्षका थिए ।
उनी सन् २०१६ को अप्रिलमा नयाँ पार्टी स्थापना गरेर छोटो समयमै राष्ट्रपति बन्न सफल भएका थिए । हालैको वल्र्डकपमा फ्रान्सले क्रोएशिया विरुद्ध फाइनल जित्दा उनी उफ्रिएर नाचेको दृश्य हामी सबैको दिमागमा ताजै रहेको छ ।
उनी जति युवा छन्, उनको कारको च्वाइस पनि योङ् नै रहेको छ । उनले आपूm राष्ट्रपति भएको पहिलो उद्घाटन समारोहमा फ्रेञ्च इतिहासमा पहिलोपटक एसयूभी गाडीको प्रयोग गरेका थिए । उनले चडेको गाडी फ्रेञ्च कम्पनी डीएस सिट्रन अटोमोवाईलको ‘डीएस–७ क्रसब्याक सिट्रन’ हो ।
यो गाडीलाई राष्ट्रपतिले उद्घाटन समारोहमा चढ्ने भएपछि कम्पनीले विशेष किसिमले परिवर्तन गरी बनाएको थियो । यसमा विशेष प्रकारको छत खुल्ने सुविधा रहेको छ भने यो गाडीको विभिन्न ठाउँमा रिपब्लीक अफ फ्रान्सको ब्लेज तथा फ्रान्सको तिनरङ्गी झन्डा प्रयोग गरिएको छ । यो एकदमै सुरक्षित तथा उत्कृष्ट प्रविधिहरू प्रयोग गरेर निर्माण गरिएको छ ।
उनीले प्रयोग गर्ने अर्को गाडीमा फ्रेञ्च कम्पनी रेनोले बनाएको ‘इस्पेस’ पनि रहेको छ । यो एउटा मिड साइजको लग्जरी क्रसओभर हो ।


