बजेट २०७९/०८० : इलेक्ट्रीक बस संचालन गर्ने, लाइसेन्स प्रदेशबाटै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट आज संसदमा पेश गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको बजेट विशेषत आर्थिक संकटबाट बाहिर निकाल्न केन्द्रित रहेको उल्लेख छ ।

सार्वजनिक यातायातलाई बढवा, विद्युतीय साधनमा परिणत गर्दै जाने, डिजिटल माध्ययमबाट भाडा भुक्तानी गर्न सकिने, सवारी साधन चालक अनुमति पत्र प्रदेश मार्फत उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको अर्थमन्त्रीले उल्लेख गरेका छन् ।


Back_to_top