पेट्रोल पम्पमा चार्जिङ स्टेशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शमाले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटले देशका विभिन्न ५० स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने घोषणा गरेका छन् । अघिल्लो आर्थिक वर्षमा पनि यही लक्ष्य लिएकोमा अहिलेसम्म एउटा पनि संचालनमा आउन सकेको छैन ।

साथै, बजेटले अहिले संचालनमा रहेका पेट्रोल पम्पहरुमा चार्जिङ स्टेशन निर्माण गर्न विशेष सहुलियत दिने घोषणा गरिएको छ ।


Back_to_top