काठमाडौं । सरकारले देशका मूख्य सहरहरुमा सार्वजनिक यातायतमा विद्युतीय प्रणालीबाट भाडा भुक्तानीको व्यवस्था मिलाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।
यसका साथै उपत्यकामा पेट्रोलियम प्रयोग गर्ने निजी र सार्वजनिकलाई क्रमशः विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्दै लगिने योजना समेत सरकारले ल्याएको छ ।


