काठमाडौं । नेपालमै पहिलो पटक ब्याट्री स्वापिङ पद्धतिको विकास हुने भएको छ । त्यसको लागि वृद्धि-शशिला इलेक्ट्रोनिक्स कम्पनीको स्थापना भएको हो ।
यी दुबै कम्पनी नेपालको अटोमोवाइल व्यवसायमा लामो समयदेखि सक्रिय रहेका छन् । यी दुई कम्पनीले ओकाया इनर्जी एण्ड ई-मोबिलिटी ग्रुपले उत्पादन गरेका विद्युतीय सवारीसाधन नेपाल ल्याउने छन् भने आवश्यक चार्जिङ स्टेशन निर्माण र ब्याट्री स्वापिङ सेन्टर बनाउने भएका हुन् ।
ओकाया इनर्जी एण्ड ई-मोबिलिटी विगत ३५ वर्षदेखि ऊर्जा भण्डारण र ब्याट्री उत्पादनको काम गर्दै आएको कम्पनी हो । यो कम्पनीले नेपालमा इलेक्टी दुई पाङ्ग्रे मोटरसाइकल तथा स्कुटर विक्री गर्नेदेखि त्यसको लागि आवश्यक पूर्वाधार निर्माणमा गर्न वृद्धि-शशिला इलेक्ट्रोनिक्ससँग सम्झौता गरेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
ओकाया ब्राण्डमा उत्पादन भएका इलेक्ट्रीक स्कुटरहरुमा ४.४ किलोवाट क्षमताका मोटर जडान भएका हुनेछन् । अन्य ब्राण्डले उत्पादन गरेका स्कुटरभन्दा निकै पावरफुल रहने ओकायाका स्कुटरले सिंगल चार्जमा १४०-१६० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । यी स्कुटहरुको टप स्पीड क्षमता ७० किलोमिटर प्रतिघण्टा रहेका छन् ।

