टीभीएस रेडिअन स्मार्ट कनेन्ट फिचरसहित आउने

काठमाडौं । टीभीएसको कम्युटर मोटरसाइकल रेडिअन अपडेट हुने भएको छ । टीभीएस रेडिअनमा फुल डिजिटल क्लस्टरसहित अन्य अपडेट भएर आउने भएको हो ।

टीभएसले रेडिअनमा टीभीएस रेडर १२५ को डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिने भएको छ । यसका साथै कनेन्ट फिचरसमेत उपलब्ध हुनेछ । यसमा कल अलर्ट, एमएमस अलर्ट तथा टर्न वाइ टर्न नेभिगेशन फिचर थप हुने भएको हो ।

यसका अलावा नयाँ रेडिअनमा इन्टेलिगो स्टप स्र्टाप सिस्टमसमेत हुने र डीआरएलसहितको एलईडी हेडल्याम्प हुने अनुमान गरिएको छ ।

यसका साथै यसको नयाँ इन्स्ट्रुमेन्ट क्लस्टरमा रियल टाइम फ्यूल इफिसेन्सी, साइड स्ट्याण्ड सेन्सर, सर्भिस रिमाइन्डर, लो फ्यूल इन्डिकेटर, यूएबी पोर्ट जस्ता फिचर हुने अनुमान गरिएको छ ।

टीभीएस रेडिअनमा १०९।७ सीसी इन्जिन रहेको छ । यो इन्जिनले ८.०८ बीएच पावर तथा ८.७ एनएम टर्क जेनेरेट गर्छ ।

यो मोटरसाइकलले हिरो एक्सटेक स्प्लेन्डरसँग प्रतिस्पर्धा हुनेछ । हिरोले केही समय अघिमात्र स्मार्ट कनेक्टसहितको स्प्लेन्डर सार्वजनिक गरेको थियो ।


Back_to_top