दिल्लीमा इलेक्ट्रीक सवारी पार्किङमा भीषण आगलागी, १०० बढी सवारीसाधन नष्ट

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा इलेक्ट्रीक सवारी पार्किङमा भीषण आगलागी भएको छ । केही दिनअघि भएको उक्त आगलागीमा परी त्यहाँ पार्किङ गरिएका १०० बढी इलेक्ट्रीक सवारीसाधन पूर्णरूपमा जलेर नष्ट भएका हुन् ।

यो आगलागी दिल्लीमा रहेको जामिया नगर इलेक्ट्रीक मोटर पार्किङमा भएको हो । यो घटना बिहान ५ बजे भएको थियो । घटनाको जानकारी प्राप्त गरेको केही समयमा नै पुगेको दकमललाई आागो नियन्त्रणमा लिन मुस्किल भएको थियो ।

भीषण आगो लागेका कारण त्यसलाई नियन्त्रण गर्न ११ ओटा दमकल प्रयोग गर्नुपरेको थियो । दमकल विभागका अनुसार इलेक्ट्रीक मोटर पार्किङ भएको उक्त आगलागीमा १० ओटा कार, एउटा मोटरसाइकल, दुई ओटा स्कुटरसहित ३० ओटा नयाँ ई–रिक्शा र ५० ओटा पुराना ई–रिक्शा पनि पूर्णरूपमा जलेर नष्ट भएका थिए। यो घटना कुनै व्यक्ति हताहत नभएको बताइएको छ ।

यो आगलागीको कारण भने हालसम्म पत्ता लाग्न सकेको छैन। यो घटनापछि उक्त पार्किङ हाललाई अस्थायी रूपमा  बन्द गरिएको छ।


Back_to_top