काठमाडौं । साना विद्युतीय कारमा सरकारले कर लगाएको छ । यसअघि ५० किलावाटभन्दा कम क्षमताका पीक पावर भएका कारमा कर लागेको थिएन । तर, आगामी आर्थिक वर्षको लागि बागमती प्रदेश सरकारले कर लगाएसँगै महिन्द्राको इटुओ र रेभा, दिगो इ८, डेरीको इभी तथा इएम ७ मोडलले पनि कर तिर्नु पर्ने भएको हो ।
प्रदेश सरकारले १० किलोवाटदेखि ५० किलोवाटसम्मको नयाँ सेग्मेन्ट तयार गरेर वार्षिक कर लगाएको हो । यो सेग्मेन्टमा एकपछि अर्को नयाँ मोडल बजारमा आउन थालेसँगै सरकारले पनि कर लगाएको हो ।
अहिले बजारमा यो सेग्मेन्टमा ५ सय यूनिट हाराहारी गाडी रहेको अनुमान गर्न सकिन्छ । त्यसमा सबैभन्दा धेरै यूनिट महिन्द्रा इटुओ रहेको छ । साथै, यो सेग्मेन्टमा चाँडै नयाँ नयाँ मोडलहरु आउने क्रममा रहेका छन् ।



