यामाहा आरएक्स १०० फेरी आउने, इलेक्ट्रीकमा पनि हुन सक्ने

काठमाडौं । यामाहा मोटर्स कम्पनीले आरएक्स १०० पुनः बजारमा ल्याउने भएको छ । कम्पनीले नयाँ आरएक्स १०० को तयारी भइरहेको जनाएको हो ।

यामाहा मोटर्स इन्डियाका चेयरम्यान इशिन चिहानाले एक अन्तर्वार्तामा आरएक्स १०० नेम प्लेटमा यामाहाले चाँडै मोटरसाइकल ल्याउने बताएका हुन् । तर, उनले कुन मितिमा नयाँ मोटरसाइकल बजारमा आउँछ भन्ने विषयमा कुनै जानकारी दिएका छैनन् ।

सन् १९८५ मा पहिलो पटक बजारमा आएको यामाहाको नयाँ मोटरसाइकल करिब ११ वर्षसम्म उत्पादन भएको थियो । टु स्टोक मोटरसाइकलको रुपमा बजारमा उपलब्ध आरएक्स १०० नयाँ प्रदुषण मापदण्ड लागुभएसँगै सन् १९९६ मा उत्पादन बन्द भएको थियो ।

नेपालमा पनि विक्रम संम्बत २०५६ सालमा पहिलो प्रदुषण मापदण्ड लागु भएसँगै यसको आयात रोकिएको थियो । अब आउने आरएक्स १०० इलेक्ट्रीकमा हुने अनुमान गरिएको छ । यसको विषयमा कम्पनीले आधिकारीक कुनैपनि जानकारी दिएको छैन ।


Back_to_top