रोयल इनफिल्डका शौखिनलाई दीपावलीको गिफ्ट दुई नयाँ मोडल

रोयल इनफिल्डले दिवालीलाई मध्यनजर गर्दै बहु–प्रतिक्षित दुई मोडल सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले इन्टरसेप्टर–६५० ट्वीन र कन्टिनेन्टल जीटी–६५० सार्वजनिक गर्ने भएको हो । दुबै बाइकमा हाईपफर्मेन्स इञ्जिन लगाइएको कम्पनीले जनाएको छ । 

६४९ सीसी इञ्जिनले ४७ बीएचपी पावरकासाथै ५२ एनएम टर्क उत्पादन गर्छ भने इञ्जिनमा ६ स्पीड म्यानूअल गियरबक्स लगाइएको छ । सुरक्षाका लागि बाइकमा एबीएस सिस्टम लगाइएको छ । बाइकको ह्यान्डल, सिटर तथा ट्यांकको डिजाइन अलगढङ्गबाट गरिएको छ । 

दुबै बाइकमा क्लासिक लूक दिइएको छ । इन्टरसेप्टर ६५० ट्वीन र कन्टिनेन्टल जीटी–६५० को मूल्य तीन लाख भारतीय रुपैयाँभन्दा कम हुने अनुमान गरिएको छ । कन्टिनेन्टल जीटी–६५० को फ्यूल ट्याङ्क क्षमता १२.५ लिटर रहेको छ भने इन्सेप्टर ६५० मा १३.७ लिटर ट्याङ्की दिइएको छ । 

कन्टिनेन्टल जीटी–६५० को तौल १९९ केजी रहेको छ । यी दुबै बाइकको प्रतिस्पर्धा डीएस्के बेनेलीको टीएनटी–६०० आईसँग हुने अनुमान गरिएको छ । टीएनटी–६०० आई स्ट्रीटफाइटर क्रुजर बाइक हो । फास्ट एन्ड एड्भान्स बाइकमा ६०० सीसी ४ सिलिन्डर लिक्वीड कुल्ड १६ बेल्ब्स डीओएचसी इञ्जिन लगाइएको छ । यसले ११५०० आरपीएममा ६२.५७ पीएस पावरकासाथै १०५०० आरपीएममा ५४.६ एनएम टर्क उत्पादन गर्छ ।


Back_to_top