जीप कम्पासको ५ वर्ष, आयो एनिभर्सरी एडिसन

काठमाडौं । जीप कम्पासले भारतमा उत्पादनको ५ वर्ष पुरा गरेको छ । कम्पनीले पाँच वर्ष पुरा भएको अवसरमा एनिभर्सरी एडिसन सार्वजनिक गरेको हो ।

जीपले कम्पासको एनिभर्सरी एडिसनको सुरुवाती भेरियन्टको मूल्य २४ लाख ४४ हजार भारतीय रुपैयाँ तोकेको छ भने, टप फोर वाई फोर भेरियन्टको २८ लाख २४ हजार निर्धारण गरेको छ ।

सन् २०१७ जुलाईमा पहिलो पटक भारतमा उत्पादन भएको कम्पास सन् २०१८ को जुलाईमा नेपाली बजारमा प्रवेश गरेको थियो । नेपालमा जीप कम्पासले निकै राम्रो ब्यापर गरिरहेको छ ।

जीपले कम्पासको एनिभर्सरी मोडलमा रेगुलरको तुलनामा फरक क्याविन र केही बाहिरी भागमा समेत परिमार्जन पाउन सकिन्छ । नयाँ एनिभर्सरी लोगो, १८ इन्चको ग्रेनाइट क्रिष्टल फिनिस अलोय ह्वील, पछाडिको ढोकामा समेत एनिभर्सरी लोगो दिइएको छ ।

कालो कलरमा दिइएको रुफरेल र पिल्लर, बडी कलरमा दिइएको क्लाडिङ, ग्लसी ब्ल्याक कलरको ग्रिल, इन्टेरियरमा नयाँ लेदर सिट, प्रिमियम पियानो ब्ल्याक कलर थिममा सजाईएको क्याविनले जो कोहीलाई लोभ्याउने छ ।

जीप कम्पासमा १.५ लिटर टर्बो पेट्रोल र २.० लिटर टर्बो डिजेल इन्जिन दिइएको छ । एनिभर्सरी एडिसनमा पनि यसलाई निरन्तरता दिइएको छ । यसमा ७ स्पीड ड्यूल क्लच अटोमेटीक र सिक्स स्पीड म्यानुयल गियरबक्स दिइएको छ । तर, फोर वाई फोर भेरियन्टमा नाइन स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स उपलब्ध रहेको छ ।


Back_to_top