काठमाडौँ । यामाहाले फेन्टासी प्रिमियर लिग खेल्दा यामाहा रेजेडआर जित्न सकिने स्कीम ल्याएको छ । कम्पनीले रुटिन अफ नेपाल बन्दसँगको सहकार्यमा उक्त स्कीम ल्याएको हो ।
फुटबल जगत्कै सर्वाधिक भब्य मानिने इंग्लिश प्रिमीयर लिग (इपिएल)को नयाँ सिजन गत अगस्ट ०६ बाट सुरु भएसँगै फेन्टासी लिग पनि चर्चाको शिखरमा छ ।
इंग्लिश प्रिमीयर लिगमा आधारित रहेर कम्प्यूटर प्रविधिबाट खेलिने यस काल्पनिक खेल पछिल्लो समय नेपालमा इन्टरनेटको सहज पहुँज तथा अन्य प्रविधिको विकाससँगै नेपाली युवाहरूमाझ निकै लोकप्रिय बन्दै आइरहेको छ। पछिल्लो वर्षको तथ्याङ्कअनुसार नेपालमा करिब ५० हजारले ‘फेन्टासी लिग’ खेल्ने गरेको छन् ।
यस सिजनको नेपालको ‘फेन्टासी प्रिमीयर लिग’ लाई अझ भब्य रूपमा आयोजना गर्नका निम्ति फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ ले यामाहा नेपालसँगको सहकार्यमा आयोजना गरेको छ । गत वर्षसम्म आरओएनबीले एकल रुपमा सञ्चालन गर्दै आइरहेको उक्त लिगलाई अझ बृहत्तर रूप दिने उद्देश्यको साथ पेजले यस वर्षदेखि यामाहा नेपालसँग सहकार्य गरेको हो ।
यस सिजनको ‘फेन्टासी प्रिमीयर लिग’मा सहभागी बन्नका लागि फेन्टासी कोड थष्द्दघथय रहेको छ । उक्त कोड ‘फेन्टासी प्रिमीयर लिग’को एपमा प्रयोग गरी सहभागी हुन सकिनेछ । तर, यामाहा नेपालको अनुसार सो कोड भने यामाहा नेपालको आधिकारिक शोरुममा भिजिट गरी रजिष्ट्रेशन फारम भरेपछि मात्र मान्य हुनेछ ।
फेन्टासी लिग, इंग्लिश प्रिमीयर लिगमा आधारित रहेर खेलिने काल्पनिक खेल हो जसमा इपिएलको नियमहरूअन्तर्गत र इपिएलजस्तै ९ महिनासम्म चल्नेछ ।
कम्पनीको अनुसार फेन्टासी लिगमा साप्तीहिक विजेता र भाग्यशाली विजेता हुनेछन् । साप्ताहिक विजेता हुनका लागि हप्ताभरका लागि लिगको लिडरबोर्डमा अग्रता लिनु पर्नेछ । त्यसैगरी, भाग्यशाली विजेता लिगको अन्त्यमा घोषणा गरिनेछ जुन प्रत्येक हप्ता लिडरबोर्डमा अग्रता लिनेहरूको पोइन्टलाई आधार मानी गरिनेछ ।
साप्ताहिक विजेतालाई यामाहा नेपालको तर्फबाट आकर्षक पुरस्कारहरू दिइने र एक भाग्यशाली विजेतालाई कम्पनीले यामाहा रेजेडआर १२५ एफआई स्कुटर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

