टीभीएसको इलेक्ट्रीक गेमचेन्जर बन्ला ‘सिरोन’ स्कुटर ?

काठमाडौं । टीभीएस मोटर्सले इलेक्ट्रीक सेग्मेन्टमा लगानी वृद्धि गरेसँगै ‘आइक्यूब’ स्कुटरको उत्पादन बढ्न थालेको छ । उत्पादन बढेसँगै यसको विक्री र चर्चा दुबैमा बढोत्तरी भएको हो ।

आईक्यूबको सफलताबाट हौसिएको टीभीएसले सन् २०१८ मा देखाएको ‘सिरोन’ कन्सेप्टको पनि उत्पादन सुरु गर्ने रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले केही दिनअघि टीभीएस सिरोन इलेक्ट्रीक स्कुटर परिक्षण गरिरहेको तस्विरसमेत बाहिर आएको थियो । यो टीभीएसको लागि विद्युतीय सवारीमा गेमचेन्जर हुने अनुमान गरिएको छ ।

टीभीएसले यही वर्षको अन्त्यसम्ममा मासिक २५ हजार यूनिट इलेक्ट्रीक स्कुटर उत्पादन क्षमता पुर्याउने बताएसँगै टीभीएस सिरोन कम्पनीको दास्रो इलेक्ट्रीक स्कुटर बजारमा आउने विषयले चर्चा पाएको हो ।

यस्तोमा चार वर्षअघि टीभीएसले देखाएको सिरोन इलेक्ट्रीक कन्सेप्टको बारेमा जान्नै पर्ने ५ तथ्यहरुलाई हामीले यहाँ चर्चा गरेका छौं ।

Tvs Creon Concept

१. पर्फमेन्स

टीभीएस सिरोनमा पावरफुल मोटर हुने अनुमान गरिएको छ । यसमा १२ किलोवाट क्षमताको मोटर हुनेछ । त्यो भनेको १६.३ पीएस पावर हो । यो स्कुटरले ०-६० किलोमिटर प्रतिघन्टाको स्पीड ५ सेकेन्डभन्दा कम समयमा भेट्न सक्ने छ ।

२. डिजाइन

यसको डिजाइन २०१८ अटो एक्स्पोमा देखाएको कन्सेप्ट मोडलसँग मिल्दो रहेको छ । यसको डिजाइन एग्रेसिभ र स्पोर्टी देखिन्छ ।

३. ब्याट्री तथा चार्जिङ

सिरोन कन्सेप्टमा उपलब्ध ब्याट्री साइजको विषयमा केही बाहिर आएको छैन । तर, कम्पनीले यसमा लिथियम आयोन ब्याट्री दिनेछ । यसको मिनिमम् रेन्ज ८० किलोमिटर रहने छ । यो ब्याट्रीलाई १ घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

४. फिचर

टीभीएस सिरोनमा डिजिटल इन्स्टुमेन्ट क्लस्टर, कनेक्ट फिचर, डायमण्डकट अलोय ह्वील, एलइडी लाइट, यूएसबी चार्जिङ पोर्ट जस्ता फिचर रहने छन् ।

५ सार्वजनिक हुने मिति

यो स्कुटर २०२३ को अन्त्यसम्ममा बजार आउने अनुमान गर्न सकिन्छ । यो स्कुटरले अथर ४५० एक्स तथा ओला एस १ प्रो जस्ता स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top