हुन्डाई भेन्यू एन लाइन र किया सोनेट एक्स लाइन आउने

काठमाडौं । हुन्डाई मोटर ग्रुपको स्वामित्वमा रहेको हुन्डाई र किया दुबै ब्राण्डले भारतमा विक्री गर्ने सफल सब फोर मिटर एसयूभी भेन्यू र सोनेटमा नयाँ एडिसन थप गर्ने भएका छन् । यी दुबै ब्राण्डले ल्याउने नयाँ भर्सन उत्कृष्ट पर्फमेन्सको लागि चिनिने छन् ।

हुन्डाईले भारतीय बजारमा आगामी सेप्टेम्बर ७ मा भेन्यू एन लाइन सार्वजनिक गर्ने तैयारी गरिरहेको छ ।

हुन्डाईले भेन्यूको एनलाइन सार्वजनिक गर्ने मिति घोषणा गरेसँगै किया मोटर्सले पनि यही सेग्मेन्टमा सोनेट एक्स लाइनको टिजर सार्वजनिक गरेर आफु पनि तयार भएको जानकारी दिएको हो ।

कोरियन अटो जायन्ट हुन्डाईले आफ्नो भेन्यू एन लाईनमा धेरै प्रकारको कस्मेटीक अपडेटका साथै केही मेकानीकल परिवर्तन समेत गर्नेछ । कम्पनीले सब कम्प्याक्ट सेग्मेन्टमा स्पोर्टी एसयूभी खोज्नेका लागि भेन्यू एन लाइन राम्रो च्वाइस हुने जनाएको छ ।

ड्राइभिङ थ्रिल बढाउनका लागि यसको सस्पेन्सन र स्टेरिङ ह्वील समेत रिट्यून गरिएको छ । यो मोडलमा १.० लिटरको टर्बो चार्ज्ड इन्जिनको साथमा डीसीटी गियरबक्स रहने छ ।

कियाले पनि एक्स लाइनमा आफ्नो ग्राहकलको लागि आकर्षक प्याकेज ल्याउने सम्भावना रहेको छ । कियाले एक्स लाइनमा एक्सक्लुसीभ म्याट ग्राफाइट एक्टेरियर कलर सेडका साथै व्ल्याक आउट ट्रिम एलीमेन्ट, ठूलो साइजकको ड्यूल कट अलोय ह्वील जस्ता विशेषता थप गर्ने अनुमान गरिएको छ ।

भेन्यू एन लाइन पेट्रोल इन्जिनमा मात्र उपलब्ध हुने भएपनि सोनेट एक्स लाइन भने पेट्रोल र डिजेल दुबै इन्जिन अप्सनमा आउने सम्भावना छ ।

हुन्डाई भेन्यू र किया सोनेट दुबै मोडल नेपाली बजारमा उपलब्ध रहेको छ । तर, यी दुबै मोडलको नयाँ पर्फमेन्स भर्सन आउने वा नआउने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।


Back_to_top