५ तस्बिरमा हेर्नुहोस् सुजुकी एभेनिस, ३ लाख मूल्य राखेर विक्री सुरु

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारीक विक्रेता भिजी सुजुकीले नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले स्पोर्टी डिजाइनको एभेनिस १२५ बीएस ६ इन्जिनमा विक्री सुरु गरेको हो ।

भिजी सुजुकील राजधानीमा एक कार्यक्रम आयोजना गरी एभेनिस १२५ स्कुटरको विक्री सुरु गरेको हो । सेग्मेन्टमै सबैभन्दा आरामदायी दावी गरिएको एभेनिस निकै मोर्डन डिजाइनमा तयार भएको छ ।

स्पोर्टी डिजाइनमा बनेको सुजुकीले एभेनिस १२५ को मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । चालकको सहजता र सुरक्षामा विशेष जोड दिइएको एभेनिस स्पोर्टी स्कुटरले होन्डा ग्राजिया र टीभीएस एनटर्क जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

सुजुकी एभेनिस १२५ स्कुटरमा १२४.३ सीसी २ भल्भ, एफआई, बीएस ६, एयरकुल्ड इन्जिनइन्जिन रहेको छ । यो इन्जिनले ८.५ पीएस पावर तथा १० एनएम टर्क जेनेरेट गर्छ ।

यो स्कुटरको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्स र रियरमा स्वीङआर्म सस्पेन्सन दिइएको छ । त्यस्तै यसमा सुरक्षा फिचरको रुपमा कोम्वी ब्रेकिङ सिस्टर रहेको छ । यसको अगाडि चक्कामा डिस्क ब्रेक तथा पछाडि चक्कामा ड्रम ब्रेक रहेको छ ।

यो स्कुटरमा इन्धन राख्नका लागि फ्युल क्याप बाहिरी भागमा नै दिइएको छ । यसमा ५.२ लिटर क्षमताको इन्धन स्टोरेज क्षमता रहेको छ भने यो स्कुटरले प्रतिलिटर ५० किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

एभेनिसमा मूख्य फिचरको रुपमा चार्जिङ पोर्ट, ग्लोभ बक्स, डिजिटल कन्सोल, एलइडी हेडल्याम्प र टेलल्याम्प, एलइडी डिआरएल छन् । त्यस्तै यसमा साइड स्ट्यान्ड इन्जिन कट फिचर र अलोय ह्वील पाउन सकिन्छ ।


Back_to_top