काठमाडौं । मारुती सुजुकीको नयाँ जेनेरेशन ब्रेजा नेपाल ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । सिजी मोटोकर्पले यसअघि नै नेपाल ल्याउने तयारी गरेको भएपनि आयात बन्द भएको कारण ब्रेजा नेपाल आउन पाएको छैन ।
सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले नेपाल ल्याउने तयारी भएपनि आयात प्रतिबन्धको कारण तत्काल ब्रेजा नेपाल ल्याउन नसकिएको जनाएको छ । अब कुन मितिबाट गाडी आयात हुन्छ भन्ने एकिन नभएकोले सरकारी निर्णय कुर्नुपर्ने कम्पनीको भनाई छ ।
नयाँ जेनेरेसन ब्रेजा भारतमा पनि निकै राम्रो माग भइरहेको सब फोर मिटर एसयूभी हो । अहिले करिब ७५ हजार ग्राहक ब्रेजाको लागि प्रतिक्षामा रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।
नयाँ जेनेरेशन ब्रेजाको डिजाइनमा धेरै परिवर्तन गरिएको छैन । तर, फिचर भने व्यापक वृद्धि गरिएको छ । नयाँ जेनेरेशन ब्रेजामा पहिलो पटक सनरुफ दिइएको छ भने ड्यासबोर्डमा पनि ब्यापक परिमार्जन गरिएको छ ।
मारुती सुजुकीले ब्रेजामा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पुस स्टार्टरस्टप बटन, हेड–अप डिस्प्ले र फ्ल्याट बटम स्टेयरिङ, ६ वटासम्म एयरव्याग दिइएको छ ।
नयाँ एलइडी हेडल्याम्प र टेलल्याम्प, नयाँ फगल्याम्प हाउजिङ र सिल्भर कलरको स्किड प्लेट, नयाँ अलोय ह्वील, ठूलो रुफरेल, शार्क फिन एन्टेना, ड्यूल टोन कलर अप्सनको कारण नयाँ ब्रेजा निकै फिचर लोडड हुनेछ ।
यसको इन्जिनमा भने कुनै परिमार्जन हुने छैन । अहिले ब्रेजा १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । फिचर थप भएर आएसँगै नयाँ ब्रेजाको टप भेरियन्टको मूल्य ८ लाख हाराहारीले बढ्ने अनुमान गरिएको छ ।

