नेभिगेशन हेर्न मोवाइल होल्डर राख्नै नपर्ने सस्तो मोटरसाइकल (मूल्यसहित)

काठमाडौं । राइडिङ एण्ड सेयरिङ कम्पनीमा आवद्ध मोटरसाइकल चालकलगायत युवाहरुले मोवाइल स्ट्यान्ड, गो प्रो स्ट्याण्ड राखेर हिड्दा दुर्घटना बढेको भन्दै महानगरिय ट्राफिक प्रहरी कार्यालयले कारवाही सुरु गरेको छ ।

सुरुमा चालकलाई सम्झाउने अभियान चलाई रहेको ट्राफिक प्रहरीले आगामी साताबाट कडाईका साथ चेकिङ र जरिवाना गर्ने घोषणा गरेको छ । ट्राफिक प्रहरीका अनुसार मोटरसाइकल वा स्कुटरमा मोवाइल स्ट्याण्ड राख्दा साधन मोडिफाइ मानिने र त्यसलाई नियन्त्रण गर्न त्यही अनुसारको कारवाही गर्नु पर्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अहिले बाटोमा मोबाइल हेर्दै मोटरसाइकल तथा स्कुटर चलाउने बढेकोले दुर्घटनासमेत बढ्न थालेकोले यसरी गैह्रकानुनी तरिकाले स्ट्याण्ड प्रयोग गर्ने चालकलाई ५०० देखि २ हजारसम्म जरिवान गर्ने ब्यवस्था यातायात कानुनमा रहेको छ ।

यो निर्णय भए पश्चात् यसका बारेमा मिश्रित धारणहरु बाहिर आइरहेको छन् । कतिपयले होल्डर राख्न नपाउने निर्णय लगत भएको बताएका छन् भने कतिपयले यो निर्णय सहि भएको बताएका छन् ।

बिशेषगरी मोटरसाइकलमा मोवाइल होल्डर लगाउनेमा राइड सेयर एप चलाउने र मोटरसाइकलमा लामो यात्रा गर्नेहरु हुन्छन् । मोटरसाइकलमा मोवाइल होल्डरको प्रयोग भनेको नेभिगेशनको लागि प्रयोग हुने गर्छ ।

यसरी मोवाइल होल्डर राख्दा जरिवाना लाग्ने भएपछि राइड सेयर एप चलाउने १ लाखभन्दा धेरै राइडरहरु समस्यामा पर्ने भएका छन् । राइड सेयर एप चलाउनेहरुको लागि मोवाइल होल्डर नै राख्नु नपर्ने हिरोको मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेको छ ।

१२५ सीसी सेग्मेन्टको हिरो ग्ल्यामरमा प्रयोग भएको कनेक्ट फिचरबाटै चालकले नेभिनेशन, कल तथा एसएमएस अलर्ट हेर्न सक्नेछन् । हुनत नेपाली बजारमा स्मार्ट कनेक्ट फिचर भएका धेरै मोटरसाइकल उपलब्ध भएता पनि राइड सेयर एप चालकहरुको रोजाइमा धेरै माइलेज दिने र ममर्त खर्च कम लाग्ने मोटरसाइकल पर्दै आएको छ । त्यसको लागि हिरो ग्ल्यामर एक उत्कृष्ट विकल्प हुनसक्छ ।

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एनजीएम हिरोले ग्ल्यामर १२५ को बीएस ६ भर्सन विक्री गर्दै आएको छ । कम्पनीले बीएस ६ ग्ल्यामरमा कनेक्ट फिचरसमेत दिएको छ । यो फिचरको प्रयोग गरेर चालकले टर्नवाइ टर्न नेभिगेशन, कल अलर्ट तथा एमएमस अलर्ट पाउन सक्नेछन् । ग्ल्यामरमा साइड स्ट्याण्ड इन्जिन कट, ब्लुटुथ केनेक्ट फिचर, मोवाइल चार्जर जस्ता फिचर पाउन सकिन्छ ।

यो मोटरसाइकलमा १२४.७ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १०.७ बीएच पावर तथा १०.४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर उपलब्ध छ । यो मोटरसाइकलको मूल्य २ लाख ७७ हजार ५०० रुपैयाँ निर्धारण गरेर कम्पनीले विक्री सुरु गरेको हो ।


Back_to_top