बजाजले खोल्यो एनएस १२५ को बुकिङ, यस्तो छ मूल्य

काठमाडौं । गत वर्ष भारतीय बजारमा सार्वजनिक भएको बजाज एनएस १२५ नेपाल आउने भएको छ । नेपाल आउने पक्का भएसँगै एनएस १२५ को बुकिङसमेत खुल्ला गरिएको हो ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनीले एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको हो ।

नेपालभर रहेको बजाजको शोरुमबाट एनएस १२५ बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ भने केही समय पश्चात डेलिभरी सुरु हुनेछ ।

पल्सर सिरिजकै सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ एनएस सिरिजकै बडी डिजाइनमा तयार गरिएको छ । एनएस १२५ मा १२४.४५ सीसीको सिंगल सिलिण्डर एयरकुल्ड, २ भल्भ इलेक्ट्रोनिक्स एफआई इन्जिनको प्रयोग गरेको छ । उक्त इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

एनएस १२५ को अगाडि टेलिस्कोपिक फर्क र पछाडि निट्रो मोनोशक रहेको मोटरसाइलको अगाडि २४० एमएमको डिस्क र पछाडि १३० एमएमको ड्रम ब्रेक दिइएको छ । कम्बी ब्रेकिङ सिस्टम, १७ इन्चको अलोय ह्वील, १२ लिटरको इन्धन ट्याङ्क, १७९ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा पाउन सकिन्छ ।

ट्याङगुलर हेलोजिन हेडल्याम्प, सेमि डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एलइडी टेल ल्याम्प, वल्व इन्डिकेटर जस्ता विशेषता बजाजले एनएस १२५मा दिएको छ ।


Back_to_top