टेल्जी इलेक्ट्रीक स्कुटरको दशैं स्कीम, २७ हजार बराबरको छुट

काठमाडौं । टेल्जी इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता कम्पनी ओम मा इ मोटर्सले फेस्टिभ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको हो ।

कम्पनीले हरेक टेल्जी स्कुटरको खरिदमा नगद १० हजार छुट तथा १७ हजार बराबरको अन्य उपहार योजना सार्वजनिक गरेको हो ।

नगद छुटरको अलावा हरेक स्कुटरमा फुल इन्स्योरेन्स निःशुल्क तथा एक वर्षको रोड ट्याक्स निःशुल्क उपलब्ध गराउने जनाएको छ । त्यस्तै ग्राहकले हरेक स्कुटरमा स्मार्ट प्लग, हेलमेट, ब्याक रेष्ट जस्ता एशोसरिज निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

यसका अलावा यो योजनामा ग्राहकले इजी फाइनान्सको सुबिधा तथा एक्सचेन्ज सुबिधा उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्राहकले कुनैपनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग टेल्जीका स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् ।

कम्पनीले टेल्जी टाइगरमा मोवाइल, ग्लभ बक्स थप गरेको छ भने यसमा अटो जार्जिङ अफ गर्ने टेक्नोलोजिली थप गरिएको कम्पनीले जनाएको छ ।

टाइगरमा २.५ किलोवाट पावरको मोटर मोटरका साथै २.३ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यो स्कुटर एक पटकको फुल चार्जमा ९५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी छ ।

यसका अलावा यो स्कुटरमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जीङ पोर्ट, ठुलो अन्डर सिट स्पेस लगायतका महत्वपुर्ण फिचरहरु समावेश रहेको छ ।

यो स्कुटरको मूल्य २ लाख १७ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको कम्पनीले जनाएको छ ।


Back_to_top