एसयूभी र एमपीभीमा कति फरक ? प्रयोजन अनुसार किन्दा राम्रो

काठमाडौं । अटोमोवाइल बजारमा धेरै बोलिने शब्दनै गाडीको प्रकार हो । लगभग उस्तै देखिने दुई सवारीसाधनमा कुन किन्दा राम्रो हुन्छ भन्ने ज्ञान सबैमा हुन्छ भन्ने छैन ।

उत्पादकले एसयूभी, एमपीभी, एमयूभी, एटीभी, सीयूभी, ह्याचव्याक, कुप्पे, सेडान जस्ता शब्दावलीको प्रयोग गरेर गाडीको डिजाइनलाई चिन्ने गर्छन् । नेपालमा सर्वाधिक चर्चा आज भोलि एसयूभीको हुने गरेको छ । तर, एमपीभीको चर्चा र विक्री दुबै कम छ ।

झट्ट हेर्दा उस्तै उस्तै देखिने र सुनिने एसयूभी र एमपीभीमा फरक भने धेरै कुराको पाइन्छ । त्यसैले यी दुई डिजाइनमा रहेको फरकलाई हामीले यहाँ चर्चा गरेका छौं ।

एसयूभी

स्पोट्स यूटीलीटी भेहिकलको अगाडि रहेका अंग्रजी शब्दको अक्षरकाे प्रयोगबाट एसयूभी चलन चल्तीमा आएको हो । स्पोट्सको ‘एस’ यूटिलिटीको ‘यू’ र भेहिकलको ‘भी’ लिएर यसको नामाकरण गरिएको हो ।

एसयूभी नामले गाडीको विशेषत दुई क्षमता एड्भेन्चर र स्पोट्सको प्रतिनिधित्व गर्छ । यो सेग्मेन्टको गाडीमा ठूलो साइजको ह्वील हुने गर्छ । तर, विश्वभर साना एसयूभीको उत्पादनले तिब्रता समेत पाउन थालेको छ । एसयूभीमा ग्राउण्ड क्लियरेन्स धेरै हुने भएकोले अफरोडको लागि उपयुक्त मानिन्छ ।

नेपाल जस्ता खराव बाटो भएको देशमा सानै भएपनि एसयूभी खोज्ने बढेका छन् । अझ भनौ, ह्याचव्याक र सेडान सेग्मेन्टको अवास्था दयनिय बन्दैछ । एसयूभीहरु सहरी क्षेत्र, पहाडीका उकालो र ओरालो, साना नदी किनार र मरुभूमी जस्ता क्षेत्रमा चलाउन सकिन्छ ।

पछिल्ला वर्षहरुमा यो सेग्मेन्टमा पनि धेरै सहायक सेग्मेन्ट तयार भएका छन् । माइक्रो एसयूभी, सव कम्प्याक्ट एसयूभी, कम्प्याक्ट एसयूभी, मिडसाइज एसयूभी र फुल साइज एसयूभी यो सेग्मेन्टका उपलब्ध छनोट हुन् ।

एमपीभी

मल्टी पर्पोज भेहिकलको अगाडिको तीन अंग्रेजी अक्षरबाट एमपीभी शब्द चलनमा ल्याइएको हो । यसलाई दिइएको नामबाटै प्रस्ट हुन्छ कि यो गाडीलाई धेरै तरिकाले प्रयोग गर्न सकिन्छ ।

एमपीभी गाडीको डिजाइन नै धेरे मानिस र सामान आवश्यकता अनुसार बोक्न सक्ने बनाइएको हुन्छ । साधारणतया एमपीभी ६ वा सात सिट क्षमतामा आउने गर्छ । यसमा दिएको तेस्रो रोको सिटलाई सजिलै फोल्ड गर्न सकिन्छ । त्यसैले आफ्नो आवश्यकता अनुसार कार्गो र मानिस बोक्न सकिन्छ ।

एमपीभी निकै लग्जरी डिजाइनमा तयार भएका हुन्छन् । त्यसैले सिमित मानिस, एयरपोर्ट, होटल, ट्राभल एजेन्सी, एयरलाइन्नस जस्ता काममा लगानी गरेका मानिसले यसलाई खरिद गर्ने गरेको पाइन्छ । एमपीभी विशेषत सहरी क्षेत्रको लागि उपयुक्त हुन्छ ।


Back_to_top