टाटाको सबैभन्दा सस्तो ईभी सेप्टेम्बरमै आउने, यी हुन् सम्भावित फिचर

काठमाडौं । टाटा मोटर्सले विश्व ईभी दिवस सेप्टेम्बर ९ तारिखमा घोषणा गरेको टियागो ईभी यही महिना भारतमा सार्वजनिक हुने भएको छ । कम्पनीले आगामी दिपावली अगाडि नै टियागो ईभीको विक्री सुरु गर्ने जनाएको छ ।

भारतमा विक्री सुरु भएको केही महिना भित्रै नेपाल आउने अपेक्षा गरिएको टियागो ईभीमा धेरै टेक्नीकल फिचरहरु टिगोर सेडान ईभीको समान हुने रिपोर्टहरु बाहिर आएका छन् । फिचरहरुको विषयमा टाटा मोटर्सले अहिलेसम्म आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।

टाटाको सबैभन्दा कम मूल्यको इलेक्ट्रीक कारको रुपमा बजारमा आउने टियागोमा अधिकांश फिचर पेट्रोलबाट चल्ने टियागोको जस्तै हुनेछ । यसमा विद्युतीय गाडीको लागि आवश्यक पर्ने फिचरहरु थप हुनेछ भने, पेट्रोलको लागि चाहिने फिचर हट्ने छ ।

नयाँ टियागो ह्याचव्याकमा नयाँ अलोय ह्वील, ईभी कलरको एसेन्टको व्यापक प्रयोग, नयाँ इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ इन्ट्रुमेन्ट क्लष्टर जस्ता फिचर पाउन सकिने छ ।

टाटाले टियागो ईभीलाई पनि जीप ट्रोन टेक्नोलोजी प्रदान गर्ने भएको कारण यसमा २६ किलोवाट आवर क्षेमताको लिथियम आयोन ब्याट्री प्याक रहने छ भने ५५ किलोवाट क्षमताको मोटर रहनेछ । यो टिगोर ईभीको बराबर हो । यसको रेन्ज टिगोरभन्दा केही बढी रहने अनुमान गरिएको छ । यसको विषयमा पनि कम्पनीको आधिकारीक धारणा बाहिर आएको छैन ।

नेपालको लागि टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले चार्जिङ पूर्वाधार निर्माण तिब्र गतिमा गरिरहेको कारण टियागोको विक्रीमा निकै ठूलो मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ ।


Back_to_top