सुजुकीको दशैं स्कीमः दुई लाखसम्म नगद छुटसहित विभिन्न अफर

काठमाडौं । नेपालको लागि सुजुकी कारको आधिकारीक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले चाडपर्व लक्षित स्कीम सार्वजनिक गरेको छ ।

कम्पनीले विगतमा जस्तै यस वर्षपनि चाडपर्वको मौका पारेर ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ सम्मकाे नगद छुट, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत एक लाख पचास हजार रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सिजी मोटोकर्पले ल्याएको यो अफर कम्पनीको देशभर रहेको ४२ वटै शोरूमबाट ग्राहकले पाउने छन् । सुजुकीले उत्पादन गर्ने एस–प्रेसो, वागेनआर, इग्निस, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज, ब्रेजा, एस्क्रस, एर्टिगा, एक्सएल सिक्स, इको, इको कार्गो र सुपर क्यारी मोडल विक्री हुँदै आएको छ ।

कम्पनीले यी मोडल अनुसार फरक फरक नगद छुटको ब्यवस्था गरिएको जनाएको छ । साथै, यो स्कीम सिमित अवधिका लागि मात्र भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


Back_to_top