मारुती सुजुकीले सियाजको फेसलिफ्ट भर्सन भारतमा सार्वजनिक गरेको छ । सातवटा कलर भेरियन्टमा सार्वजनिक भएको कारको बजार मूल्य आठ लाख १९ हजार निर्धारण गरिएको छ । सी–सेग्मेन्ट सेडान कारलाई कम्पनीले ११ भेरियन्टमा बजारमा ल्याएको छ ।
पेट्रोल र डिजेल दुई भर्सनमा उपलब्ध यो कारको फ्रन्ट ग्रिलमा निकै परिर्वतन गरिएको छ । साथै, ग्रिलक्रोम स्ट्रीप लगाइएको छ भने रि–डिजाइन्ड हेडल्याम्प्स दिइएको छ । प्रोजेक्टर हेडल्याम्प्स युनिटमा होरिजेन्टल एलईडी डेटाइम रनिङ्ग लाइट लगाइएको छ । फ्रन्ट बम्परमा दिइएको ‘सक्र्यूलर फग ल्याम्प्स’ परिमार्जन गरिएको छ ।
सियाजको इन्टेरियरमा रिफ्रेस्ड क्याबिन दिइएको छ भने, इन्स्ट्रुमेन्ट क्लस्टरलाई ४.२ इञ्च टीएफटी स्क्रिन, अडिसनल इफर्मेसन र नयाँ कलर लगाइएको छ । टचस्क्रिन इन्फोनेन्ट सिस्टममा म्युजिक सिस्टम, नेभिगेसन, ब्लूटुथ तथा यूएसबी कनेक्टीभिटी र स्मार्टफोन इन्ट्रीग्रेसन लगाइएको छ ।
यसमा पुश स्टार्ट स्टप, त्रूmज कन्ट्रोल, इलेक्ट्रीक मिरर, किलेस इन्ट्री, अटो एसी, रियर एसी बेट्स, सेन्टर आर्म रेस्ट, ड्राइभर हाइट, अटोमेटिक हेडल्याम्प्स, रिभर्स पार्किङ सेन्सरलगायतका विशेषता दिइएको छ ।
नेपाली बजारमा मारुती सुजुकीका उत्पादन सिजी मोटो र्कपले बिक्री वितरण गर्दै आएको छ । कम्पनीले अहिल्यै सियाज ल्याउने वा नल्याउने भन्ने विषयमा निर्णय गरिनसकेको जनाएको छ ।


