ओलाको सस्तो स्कुटर आज सार्वजनिक हुँदै, यस्तो छ मूल्य र फिचर

काठमाडौं । ओलाको सस्तो स्कुटर आज सार्वजनिक हुँदैछ । सार्वजनिक हुनु अघिनै आलाको सस्तो स्कुटर एस १ एयर लिक भएको हो ।

कम्पनीले ओलाको नयाँ स्कुटर एस १ एयरको मूल्य ८० हजार भारतीय रुपैयाँ निर्धारण गरेको छ । यो ओलाको हालसम्म सबैभन्दा कम मूल्यको स्कुटर हो ।

ओलोले एस सिरिजका एस १ र एस १ प्रो विक्री गर्दै आएको छ । कम्पनीले ल्याएको नयाँ स्कुटरमा विभिन्न परिर्वतनहरु गरेको छ । कम्पनीले एस १ र एस १ प्रोमा दिएको सिंगल सस्पेन्सनलाई परिर्वतन गरेर एस १ एयरमा टेलिस्कोपिक सस्पेन्सन दिएको छ । त्यस्तै, कम्पनीले नयाँ स्कुटरमा अलाय ह्वीलको प्रयोग गरेको छ ।

अनलाईमा सार्वजनिक तथ्यलाई आधार मान्ने हो भने ओला एस १ एयरमा ४.५ किलोवाट हव मोटर दिइएको छ भने, यसमा २.५ किलोवाट आवरको लिथियम आयन ब्याट्री उपलब्ध छ । कम्पनीले यसको रेन्ज १०० किलोमिटर दावी गरेको छ ।

त्यसैगरि, यो स्कुटरको टप स्पीड क्षमता ८० किलोमिटर प्रतिघन्टा रहेको छ । अन्य दुई स्कुटर जस्तै एस १ एयरमा पनि इको, रेगुलर र स्पोर्टस गरि तीन मोड उपलब्ध छ । यो स्कुटरको दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ । यसमा अन्यमा जस्तै ७ इन्चको टच स्क्रीन डिस्प्ले, ३४ लिटर क्षमताको बुट स्पेस, स्मार्टफोन कनेक्टिभिटी, स्पीकर जस्ता फिचर दिइएको छ ।

कम्पनीले यो स्कुटर आज सार्वजनिक गर्दैछ । यसको अन्य जानकारीको लागि भने स्कुटर सार्वजनिक हुँदासम्म प्रतिक्षा गर्नु पर्ने हुन्छ ।

ओलाका स्कुटर नेपालमा आइसकेको छ भने हालसम्म विक्री सुरु भएको छैन् । नेपाली बजारमा समेत ओलाको मूल्यलाई लिएर विभिन्न टिका टिप्पणी भइरहेको बेला ओलाले कम मूल्यको स्कुटर भारतमा सार्वजनिक गर्दैछ ।


Back_to_top