लग्जरी एमपीभी खोज्नेलाई किया कार्निभल, यस्तो छ मूल्य र फिचर

काठमाडौं । समृद्ध देशमा आरामदायी यात्राको लागि छनोट हुने एमपीभी नेपालमा भने धेरै मानिसको चासोमा पर्दैन । विशेषत साइजमा लामो र पार्किङ गर्दा पनि धेरै ठाँउ चाहिने भएको कारण एमपीभी चढ्न चाहने मानिसले पनि किन्न सकिरहेका छैनन् ।

नेपालमा टोयोटा, महिन्द्रा र कियाले एमपीभी विक्री गर्दै आएको भएपनि टोयोटा र महिन्द्राले ब्यापर गर्न सकेका छैनन् । टोयोटाले इनोभा क्रिस्टा र महिन्द्राले मराजो एमपीभी नेपाल ल्याएका थिए । तर, यही सेग्मेन्टमा कियाको कार्निभल एमपीभी भने निरन्तर नेपालमा उपलब्ध मोडल हो ।

कन्टीनेन्टल ट्रेडिङले विक्री गर्दै आएको कार्निभल एमपीको सुरुवाती मूल्य अहिले ८१ लाख ९० हजार रुपैयाँ रहेको छ । निकै प्रिमियम फिचर उपलब्ध कार्निभलमा २.२ लिटर क्षमताको इन्जिन दिइएको छ । साथै, यात्रुले एकपटक बटम थिचेर यसको ढोका खोल्न सक्नेछन् । यसमा स्लाइड डोर दिइएको छ ।

कार्निभल एमपीभीको लम्बाई ५११५ एमएम, चौडाई १९८५ एमएम र उचाई १७५५ एमएम रहेको छ । यो साइज आफैँमा निकै ठूलो हो । यसमा ३०६० एमएमको लामो ह्वीलवेस पाउन सकिन्छ ।

एलइडी हेडल्याम्प, १८ इन्चको क्रिस्टल कट अलोय ह्वील, बडी कलर बम्पर र आउटसाइड मिरर, अगाडि र पछाडि नै स्कीड प्लेट, पछाडि क्रोम गार्निस, एलइडी टर्न इन्डिकेटर, डोकामा उक्लन स्टेप प्लेट पाउन सकिन्छ ।

बाहिर जस्तै कार्निभलको इन्टेरियर पनि फिचर लोडेड रहेको छ । यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ४ स्पीकर र दुई ट्यूटर, भ्वाइस रिकगनेशन, स्टेरिङ माउन्ट अडियो कन्ट्रोल, रियर भ्यू क्यामेरा, ड्यूल जोन क्लाइमेट कन्ट्रोल जस्ता सुविधा पाउन सकिन्छ ।

सुरक्षाको लागि पनि कार्निभलमा प्रयाप्त फिचर रहेका छन् । यसमा इबीडी सहितको एबीएस, ब्रेक एसिस्ट, इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, एयरब्याग, साइड कटन एयरब्याग, फ्रन्ट र रियर पार्किङ सेन्सर, चारवटै चक्कामा डिस्क ब्रेक र अटो हेडल्याम्प पाउन सकिन्छ ।


Back_to_top