आयो स्कोडा सुपर्बको कर्पाेरेट एडिशन, यस्तो छ मूल्य

स्कोडा सुपबर्भको कर्पाेरेट एडिशन मोडल भारतमा सार्वजनिक भएको छ । अन्य कारको अपग्रेड गर्न रुचाउने एक्सक्लूसिभ ग्राहकको लागि निर्माण भएको एडिशन मोडलको मूल्य २३ लाख ४९ हजार भारतीय रुपैयाँ तोकिएको छ । 

स्ट्यान्र्डर्ड मोडलको तुलनामा कर्पाेरेट एडिशनमा खास परिमार्जन नगरिएको कम्पनीले जनाएको छ । 

स्कोडा सुपर्बको कर्पाेरेट एडिशन पेट्रोल भेरियन्टअन्तर्गत तीन र डिजेल मोडलको दुई भेरिएन्टमा सार्वजनिक भएको छ । पेट्रोल भेरियन्टमा अटोमेटिक र म्यानूअल दुबै गियरबक्स लगाइएको छ । 

पेट्रोल भर्सनमा १.८ लिटर, ४ सिलिन्डर इञ्जिन दिइएको छ, जसले १७७ बीएचपी पावरकासाथै ३२० न्यूटन टर्क उत्पादन गर्छ । इञ्जिनमा ६ स्पीड म्यानूअल वा सात स्पीड ड्यूल क्लच गियरबक्स लगाइएको छ । 

डिजेल भ्यारियन्टमा २.० लिटर, चार सिलिन्डर टर्बाेचाज्र्ड इञ्जिन दिइएकोे छ । यसले ७५ बीएचपी पावरकासाथै ३५० न्यूटन मिटर टर्क उत्पादन गर्छ । डिजेल इञ्जिनमा ६ स्पीड ड्यूल क्लच ट्रान्समिसन दिइएको छ । स्कोटा सुपर्भमा जेन्युन हेडलाइट, १७ इञ्च अलोय ह्वील्स, रियर्सभ्यू क्यामरा, जोन क्लाइमेट कन्ट्रोललगायतका फिचर दिइएको छ । 

साथै, इन्जिनमा स्टार्ट स्टप बटन, किलेस इन्ट्री, इलेक्ट्रोनिक पार्किङ ब्रेकलगायत अन्य विशेषता उपलब्ध छ । स्कोडा सुपर्बमा ड्यूल फ्रन्ट एयरब्याग, साइड एयरब्याग, इलेक्ट्रोनिक लक, हिलहोल्ड कन्ट्रोलजस्ता सेफ्टी फिचर दिइएको छ । मोडलमार्फत् राम्रो प्रतिक्रिया आउने कम्पनीले जनाएको छ ।


Back_to_top