३० भन्दा धेरै एक्सपल्स राइडर लोमान्थाङ प्रस्थान

काठमाडौं । हिरो एक्सपल्स २०० को ३० भन्दा धेरै राइडर लोमान्थाङ प्रस्थान गरेका छन् । एनजीएम हिरोको आयोजनामा भएको ‘एक्सप्लोर वीथ एक्सपल्स २००’ राइड कार्यक्रममा सहभागी राइडहरुको टिम काठमाडौंबाट लोमान्थाङ प्रस्थान गरेको हो ।

आजबाट सुरु भएको यो राइड ७ दिनको हुनेछ । यो यात्रामा राइडहरु काठमाडौं, पोखरा, बेनी, लेते, जोमसोम, कागवेनी, मुक्तिनाथ हुँदै लोमान्थाङसम्म पुगेर फर्किने छन् ।

आजदेखि सुरु भएको राइड कार्यक्रममा फ्ल्यागअफ गर्दै अनुशासित तवरले सर्तकताका साथ राइड सम्पन्न गर्नका लागि अनुरोध गर्दै कम्पनीका अध्यक्ष अभिक ज्योतीले सफलाताको शुभकामना प्रदान गरेको थिए ।

यो यात्रामा राइडहरुले ९०० किलोमिटर यात्रा गर्नेछन् ।


Back_to_top