यामाहाले नेपालमा विक्री गर्दै १३ मोडल, यस्तो छ नयाँ मूल्य

काठमाडौं । यामाहाको लागि नेपालको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले १० मोडलका मोटरसाइकल र ३ मोडलका स्कुटर विक्री गर्दै आएको छ । कम्पनीले मोटरसाइकलको १४ भेरियन्ट र स्कुटरको ७ भेरियन्ट नेपालमा विक्री गर्छ ।
यामाहाले नेपालमा ११० सीसी क्षमताका स्कुटरदेखि ३२० सीसीसम्ममा मोटरसाइकल विक्री वितरण गर्दै आएको छ । कम्पनीले केही समय अगाडि नयाँ मूल्यसूची सार्वजनिक गरेको थियो ।

कम्पनीको नयाँ मूल्यसूची अनुसार २ लाख १९ हजार रुपैयाँदेखि ९ लाख २५ हजार रुपैयाँसम्मका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा विक्री गर्दै आएको छ ।

कम्पनीले जारी गरेको मूल्यसूची अनुसार यामाहाको स्कुटर सेग्मेन्टमा सबैभन्दा कम मूल्यको यामाहा फसिनो ११३ को मूल्य २ लाख १८ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै, रे जेड ११३ को मूल्य २ लाख १९ हजार ९०० रुपैयाँ, रे जेडआर स्ट्रीट र्याली ११३ को मूल्य २ लाख २० हजार ९०० रुपैयाँ रहेको छ ।

त्यसैगरी कम्पनीले विक्री गर्ने १२५ सीसी क्षमताको रेजडआर १२५ एफआईको २ लाख ६४ हजार ९०० रुपैयाँ, फसिनो १२५ को २ लाख ६७ हजार ९०० रुपैयाँ, रेजेडआर स्ट्रीट १२५ को मूल्य २ लाख ९१ हजार ९०० रुपैयाँ र यामाहाको प्रिमियम स्कुटर एनम्याक्स १५५ को मूल्य ४ लाख ६९ हजार ९०० रुपैयाँ रहेको छ ।

मोटरसाइकलतर्फ आर ३ को मूल्य सबैभन्दा बढी ९ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । यामाहा आर १५ सिरिजतर्फ आर १५ एमको मूल्य ५ लाख ८७ हजार ९०० रुपैयाँ र आर १५ भी ३ बीएस सिक्सको ५ लाख २४ हजार ९०० रुपैयाँ र आर १५ भी ४ को मूल्य ५ लाख ६२ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यस्तै, यामाहाको २५० सीसी सेग्मेन्टमा फेजर २५० को मूल्य ४ लाख १४ हजार ९०० रुपैयाँ र एफजेड २५ को मूल्य ४ लाख ७४ हजार रुपैयाँ रहेको छ । यामहाको सर्वाधिक विक्री हुने सिरिज एफजेड अन्तर्गत एफजेड एक्सको मूल्य ४ लाख ३५ हजार ९०० रुपैयाँ, एफजेडएस भी ३ एक्सकनेन्टको मूल्य ३ लाख ९४ हजार ९०० रुपैयाँ, एफजेडएस भी २ को ३ लाख ४७ हजार ९०० रुपैयाँ, एफजेड भी २ को ३ लाख २३ हजार ९०० रुपैयाँ रहेको छ ।

यामाहाको नेपालमा लोकप्रिय मोटरसाइकल सिरिज एमटी १५ को बीएस ६ भर्सको मूल्य ४ लाख ८३ हजार ९०० रुपैयाँ साथै एक्टीजेड १५० को ५ लाख ६९ हजार ९०० रुपैयाँ र सलुटोको मूल्य २ लाख ४६ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top