सार्वजनिक भयो होन्डा डब्लूआर-भी, यस्ता छन् फिचर

काठमाडौं । जापानी कार निर्माता होन्डाले इन्डोनेशियाबाट नयाँ एसयूभी डब्लूआर-भीको २०२३ मोडल सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ डब्लूआर-भी यसअघि देखाएको आरएस कन्सेप्टमा आधारित रहेको छ ।

होन्डाले निकै आकर्षक डिजाइनमा तयार गरेको डब्लूआर-भीको अगाडि ग्रिलमा ब्यापक क्रोमको प्रयोग गरेको छ । मस्कुलर बोनेट, स्पोर्टी फगल्याम्प हाउजिङ, ठूलो एयर ट्याङक, फक्स स्कीड प्लेट, सार्प लुक्सको एलइडी हेडल्याम्प, हेडल्याम्पसँगै जोडिएको एलइडी डे टाइम रनिङ लाइट जस्ता फिचर पाउन सकिन्छ ।

निकै आकर्षक बडी डिजाइनमा तयार भएको यो एसयूभीमा १६ र १७ इन्चको अलोय ह्वील, एल आकारमा तयार भएको एलइडी टेल लाइट, सार्क फिन एन्टेना, ड्यूल टोन बडी कलर र आकर्षक बम्पर दिइएको छ ।

होन्डाले आफ्नो चर्चित सेडान सिटीको प्लेटफर्ममा तयार भएको यो एसयूभीको साइज भने फोर मिटरभन्दा केही लामो छ । यसको लम्बाई ४०६० एमएम, चौडाई १७८० एमएम, उचाई १६०८ एमएम रहेको छ । यसमा २२० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

होन्डाले यसमा ४.२ इन्चको डिजिटल क्लष्टर, नयाँ इन्फोटेन्टमेन्ट सिस्टम, होन्डा कनेक्ट टेक फिचर, रिमोर्ट इन्जिन स्टार्ट, सुरक्षाको लागि ६ वटासम्म एयर व्याग, एडप्टीभ क्रुज मोड, अटोमेटीक हाई बीम एसिस्ट, लेन किप एसिस्ट दिएको छ । यसमा १.५ लिटरको भीटीईसी इन्जिन दिएको छ । यो इन्जिनले १२१ पीएस पावर र १४५ एनएम टर्क प्रदान गर्छ ।


Back_to_top