२३० एमएम ग्राउन्ड क्लियरेन्स भएको मिनी ईभी नेपालमा, यस्तो छ मूल्य

काठमाडौं । नेपालमा उपलब्ध विद्युतीय कार मध्ये सबैभन्दा धेरै ग्राउन्ड क्लियरेन्स भएको मिनी ईभी नेपाली बजारमा विक्री सुरु हुने भएको छ । आधिकारीक विक्रेताको रुपमा जीमीनी इन्कर्पोरेट प्रालिले नेपाल ल्याएको रेसेन्स मिनी ईभी अर्को महिनाबाट विक्री सुरु हुने भएको हो ।

कम्पनीले अहिले रेसेन्स मिनी ईभीको बुकिङ खुल्ला गरेको छ । यो मिनी कारमा रहेको ग्राउन्ड क्लियरेन्सको कारण नेपालको कमजोर सडकमा पनि सहजै चलाउन सकिने कम्पनीले दावी गरेको छ ।

रेसेन्स मिनी ईभीको छतमा शोलार प्यानल जोडिएको छ । उक्त प्यानलको सहायताले गाडीको रेन्ज ३० प्रतिशतले बढ्ने कम्पनीको दावी छ । चिनियाँ बजारमा उत्पदान भएको यो कारलाई सिंगल चार्जमा ३०० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।

सानो मिनी कार भएको कारण यसमा २३ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । यसमा मोटर भने केवल १५ किलोवाट क्षमताको छ । सानो मोटर र छतमा सोलार प्यानल रहेको कारण यो गाडीले ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

सहरी क्षेत्रको सबै किसिमका आवश्यकता पुरा गर्न सक्ने यो सानो कारको अगाडिको भागमा डे टाइम रनिङ लाइट, स्टेरिङ ल्याम्प, कम्बीनेशन हेडलाइट, आकर्षक टेल लाइट, फग लाइट, रिभर्स लाइट जस्ता फिचर पाउन सकिन्छ ।

अगाडि हेड रेष्टसहितको सिट, इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, एड्जस्टेवल फ्रन्ट सिट, डिफगर, कप होल्डर दिइएको छ । सामान्य घरायसी बिजुलीबाट ५ घन्टामा फुल चार्ज गर्न सकिने यो कारको टप स्पीड क्षमता भने १०० किलोमिटर प्रतिघन्टा रहेको छ ।

जीमीनी इन्कर्पोरेट प्रालिले सुरुमा २५ लाख रुपैयाँ मूल्य निर्धारण गरेर यो मिनी कारको बुकिङ खुल्ला गरेको हो ।


Back_to_top