चीनमा ‘नम्बर वान’ होजोन अटो, प्रतिस्पर्धी भन्दा ८ हजार यूनिट धेरै विक्री

काठमाडौं । चिनियाँ न्यू इनर्जी स्टार्टअप अटाेमाेवाइल कम्पनीहरू मध्ये अक्टोबर महिना होजोन अटोको विक्री उल्लेख्य बढेको छ । चीनको पाँच स्टार्टअप न्यू इनर्जी भेहिकल कम्पनीहरू मध्ये होजोन अटो कार विक्रीको आधारमा नम्बर वान स्टार्टअप कम्पनी बनेको छ ।

होजोनको कार विक्री विगत ६ महिनादेखि  प्रत्येक महिना बढ्दो क्रममा रहेको छ । यस वर्षकाे १० महिनामा हाेजाेनले १ लाख २९ हजार २०६ यूनिट विक्री गरिसकेकाे छ । होजोन नेपालमा विक्री हुँदै आएको नेटा भीको उत्पादक कम्पनी हो ।

होजोनले  अक्टोबरमा १८ हजार १६ यूनिट डेलिभरी गर्न सफल भएको छ । अघिल्लो महिना यो आंकडा १८ हजार ५ यूनिट रहेको थियो ।

उसको विक्रीमा ठूलो हिस्सा नेटा भीको रहेको छ । गत महिना होजोनको नेटा भी मोडल ११ हजार ७२१ यूनिट विक्री भएको छ भने नेटा यू मोडल ६ हजार २९५ यूनिट डेलिभरी भएको छ ।

होजोन अटोले आफ्नो तेस्रो मोडलको रूपमा नोभेम्बर महिनाबाट नेटा एस मोडल डेलिभरी सुरू हुने जनाएको छ । जसको सहयोगमा होजोनको विक्री नोभेम्बरमा समेत बढ्दो गतिमै हुने पक्का रहेको छ ।

अक्टोबरमै  दोस्रो धेरै विक्री गर्नेमा नियो रहेको छ । यसको  १० हजार ५९ यूनीट डेलिभरी भएको छ । तेस्रोमा लाइअटोको १० हजार ५२,  चौथोमा लिपमोटरको ७ हजार २६ र पाँचौंमा एक्सपेङको ५ हजार १०१ यूनीट डेलिभरी दिएको छ ।

सबै कम्पनीको गत वर्षकौ तुलनामा विक्री बढेता पनि एक्सपेङको भने ४९.७ प्रतिशतले विक्री घटेको छ । एक्सपेङको अघिल्लो महिनाको तुलनामा अक्टोबरको सेल्स समेत ३९.८ प्रतिसतले घटेको हो । एक्सपेङले गत वर्ष अक्टोबरमा १० हजार १३८ यूनिट तथा अघिल्लो महिना सेप्टेम्बरमा ८ हजार ४६८ यूनिट विक्री गरेको थियो ।


Back_to_top