काठमाडौं । अमेरिकी लग्जरी इलेक्ट्रीक कार निर्माता कम्पनी टेस्लाले स्टेरिङ एसिस्टमा समस्या आएपछि ४० हजार यूनिट कार बनाउनको लागि फिता बोलाएको छ । कम्पनीले सन् २०१७ देखि २०२१ सम्म विक्री भएका मोडल एस र मोडल एक्स फिर्ता बोलाएको हो ।
टेस्लाले बनाएको यी कारहरु कच्ची सडकमा चलाउँदा वा राम्रो सडकको पनि बीचमा रहेका खाल्डाहरुमा पर्दा स्टेरिङ एसिस्टमा समस्या देखिएको कम्पनीले जनाएको छ ।
अमेरिकाको दी नेशनल हाइवे सेफ्टी एड्मीनीस्ट्रेसनका अनुसार स्टेरिङ असिस्टमा पावर लस हुँदा सामान्य लो स्पीडमा स्टेरिङ सारो हुन गई धेरै बल लगाउनु पर्ने भएको छ । यसले गर्दा कार दुर्घटनामा पर्ने सम्भावना बढि भएसँगै फिर्ता बोलाइएको हो ।
टेस्लाले उक्त समस्याको रिपोर्टहरु बाहिर आएपछि ओभर दी एयर सफ्टवेर अपडेट गरी रि–क्यालीबर समेत गरेको थियो । टेस्लाले नोभेम्बर १ मा बताए अनुसार ९७ प्रतिशत भन्दा बढि रिकल गरिएका कारहरु ठिक बनाइएको छ ।


