एसयूभीलाई माथ दिने इलेक्ट्रीक पीक, रेन्ज ६ सय किमि माथि

काठमाडौं । चिनियाँ अटोमोवाइल कम्पनी जिलीको सहायक कम्पनी राडार अटोले एसयूभीभन्दा लग्जरी पीकअप ट्रक सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको ‘आरडी-६’ पीकअप फुलसाइज एसयूभी जस्तै लग्जरी फिचरले भरिपूर्ण छ ।

जिलीको एसइए ईभी डेडिकेटेड प्ल्याटफर्ममा बनेको आरडी-६ पीकअपको लम्बाई ५२६० एमएम, चौडाई १९०० एमएम र उचाई १८३० एमएम छ । यसमा ३१२० एमएमको ह्वीलवेस दिइएको छ ।

राडार कम्पनीले आरडी-६ लाई आरामदायी र लग्जरी बनाउन चारवटै चक्कामा इन्डीपेन्डेन्ट सस्पेन्सन दिएको छ । यसको सहायताले पीकअपको ड्राइभिङ क्यारेक्टरस्टीक एसयूभीको जस्तै बनाएको कम्पनीको दावी छ ।

एसयूभी फिल दिन राडारले कुनै कसर बाँकी राखेको छैन । यसको क्यावीनमा १२.३ इन्चको स्कृन, ९ इन्चको फुल कलर हेडअप डिस्प्ले, ७२ कलरको एम्बीयन्ट लाइट, एआई पावर भोइस इन्टरएक्सन, ५५ इन्चको प्यानारोमीक सनरुफ जस्ता फिचर दिइएको छ ।

यो पीकअपमा १२ प्रकारको सेकेन्ड लेवलको इन्टेलिजेन्ट ड्राइभिङ असिस्ट सिस्टम दिइएको छ । यसको कार्गो क्यापासीटी ईको मोडमा ४५० किलोग्राम र स्पोर्टस् मोडमा ३ हजार किलोग्राम छ ।

कम्पनीले आरडी-६ पीकअपलाई तीन फरक साइजको ब्याट्री अप्सन प्रदान गरेको छ । कम्पनीले सबैभन्दा ठूलो भर्सनमा १०० किलोवाट आवरको ब्याट्री दिएको छ । यसले सिंगल चार्जमा ६३२ किलोमिटर रेन्ज प्रदान गर्छ । त्यसैगरी ८६ किलोवाट आवरको ब्याट्री भएको भर्सनले सिंगल चार्जमा ५५० किलोमिटर र सबैभन्दा सानो ६० किलोवाट आवर भर्सनले ४०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

सबै भर्सनले १२० किलोवाटसम्मको फास्ट चार्जिङ सपोर्ट गर्छ । यो पीकअपमा २०० किलोवाटको मोटर दिएको जसको सहायताले जम्मा ६ सेकेण्डमै १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन सक्नेछ ।


Back_to_top