नाडा अटो शोः टीभीएस र यामाहाबीच कडा टक्कर, कसले कुन मोडल ल्याउँदै

काठमाडौं । नाडा अटो शो २०१८ आउन अब केही दिनमात्र बाँकी रहेको छ । भदौ २६ गतेबाट काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने अटो शोमा सबै दुईपाङ्ग्रे सवारीसाधन बिक्रेता कम्पनीहरुले के नयाँ ल्याउन सकिन्छ भनेर काम गरिरहेका छन् । यस्तोमा यसपटकको अटो शोमा यामाहा र टीभीएसबीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

टीभीएस 


टीभीएस बाइकको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले आरआर–३१० नेपाली बजारमा नाडा अटो शोमा लन्च गर्ने अन्तिम तयारी गरेको छ । नेपाली बजारमा टेष्टिङ्गको काम पुरागरेको कम्पनीले कम्पनीले जनाएको छ । 

साथै कम्पनीले हिजो सार्वजनिक गरेको अपाची आरटीआर १६० ४भी र करिब २ महिना अगाडि बजारमा ल्याएको आरटीआर–२०० ४ भीलाई अटोशोमा प्रतिस्पर्धामा उतार्ने तयारी गरेको छ । टीभीएसले उत्पादन गरेको बाइकहरू विशेष गरी युवा लक्षित भएका कारण पनि नेपाली बजारमा पछिल्लो दिनमा लोकप्रिय हुँदै गइरहेको छ ।

टीभीएस अपाची आरआर–३१० मा ३१२.२ सीसी क्षमताको फोरस्टोक, फोरभल्भ सिङ्गल सिलिन्डर इञ्जिन रहेको छ । उक्त इञ्जिनले ९७०० आरपीएममा ३४ पीएस पावर तथा ७७०० आरपीएममा २७.३ एनएक टर्क जेनेरेट गर्छ भने, ६ ट्रान्समिसनमको गियरबक्स दिइएको छ । यो बाइकको उच्चगति १ सय ६० किलोमिटर प्रतिघन्टाको रफ्तार रहेको छ । 

कम्पनीकाअनुसार ३० किलोमिटर प्रतिलिटर माइलेज दिने यो बाइकले शून्यदेखि एक सय किलोमिटरको रफ्तार पकड्न ७.१७ सेकेन्ड लगाउने छ । यो बाइकमा ११ लिटर क्षमताको फ्यूल ट्याङ्की दिइएको छ । अपाचे आरआर–३१० को नेपाली बजार मूल्य आठ लाख रुपैयाँ हाराहारीमा रहने अनुमान गरिएको छ । 

यामाहा 

यामाहाको लागि नेपालको आधिकारीक बिक्रेता मोरङ्ग अटो वर्क (एमएडब्लु)ले आफ्नो बहुप्रतिक्षित आर १५ भी ३.० सार्वजनिक गर्ने भएको छ । यामाहा आर १५ भी ३.० मा १५५ सीसी सिंगल सिलिन्डर, ४ भल्भ तथा लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसमा प्रयोग भएको इन्जिनले १०००० आरपीएममा १९ वीएचपी पावर र ८५०० आरपीएममा १५ एनएम टर्क उत्पादन गर्छ । ६ स्पीड गियर रहेको यो बाइक प्रतिधन्टा १३५ किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्न सक्छ । 

यसमा फूल एलईडी हेडल्याम्प रहेको छ भने, अल डिजिटल ईन्स्टुमेन्ट क्लस्टरका साथै एलईडी टेल ल्याप पनि दिइएको छ । यो मोटरसाईकलमा १७ इन्चको लेट वेट ह्वील्स दिईएको छ । यसको मूल्य अहिले निर्धारण भइनसकेको कम्पनीले जनाएको छ । 


Back_to_top